छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०८०
|
|
२१ पटक हेरिएको
Shares
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने

सारांश

  • काठमाडौं।
  • हाल छायांकनको अन्तिम चरणमा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ।
  • अमेरिकाको लागि यो चलचित्रको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्ट’ले खरिद गरेको हो।

काठमाडौं। हाल छायांकनको अन्तिम चरणमा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ। अमेरिकाको लागि यो चलचित्रको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्ट’ले खरिद गरेको हो।

वितरण अधिकार बिक्री सँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा भिआइपी रेड कार्पेट प्रिमियर पनि हुने भएको निर्देशक अर्जुन सुवेदीले बताए। ती प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरूको उपस्थिति रहने सुवेदीले बताए।

यसअघि नै यस चलचित्रको जापान, कोरिया र हङकङको लागि वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ। साथै, अस्ट्रेलियामा पनि ‘रङ्गेली’ बिक्री भइसकेको छ। अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ।

आगामी मार्च ८ तारिख (महाशिवरात्रिको दिन फागुन २५ गते)मा यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुने पक्का भइसकेको छ। सोही मितिमा रिलिज गर्न अन्य केही मुलुकहरूमा पनि वितरकहरूसँग सम्झौता हुने तयारीमा रहेको निर्माता खतिवडाले बताए।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ। दशैंको समयमा केही दिन रोकिएको यसको छायाङ्कन हाल अन्तिम चरणमा भइरहेको छ।

यस चलचित्रका गीतहरूमा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ। चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजंग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशंकर चौलागाईँ सह-निर्माता हुन्। विवेक खड्का (योलो) एशोसियट निर्माता हुन्। यो चलचित्रलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
आजको राशिफल
आजको राशिफल
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
विदेशमा थप १६ नेपालीको कोरोनाबाट मृत्यू
विदेशमा थप १६ नेपालीको कोरोनाबाट मृत्यू
यी ६ अाेटा मन्त्रालयकाे चार महिनाकाे खर्च विवरण सार्वजनिक
यी ६ अाेटा मन्त्रालयकाे चार महिनाकाे खर्च विवरण सार्वजनिक
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे  बुधबार बार्ता
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे बुधबार बार्ता
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण  “
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण “
उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा

तपाईंले छुटाउनुभयो कि?