“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण “

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण  “

सारांश

  • सचिन्द्र श्रेष्ठ,बागलुङ २८ मंसिरराजनितिक दलकाे नेताहरु सुरक्षीत हुन खाेज्दा द्दन्दपिडितहरुकाे १२ बर्षमा न्याय नै हराएकाे र यसकाे परिणाम दण्डहिनता माैलाएकाे एक कार्यक्रमका सहभागिले बताएका छन् ।
  • इक्वेल एक्सेसकाे अायाेजना र द्दन्दपिडित साझा चाैतारी ,स्टोरी किचन,सीवाईसीपी, यून वुमेन,लगायतका अधिकारबादी संस्थाहरुकाे सहकार्यमा बागलुङमा आयोजना गरेको द्वन्द्वसंग सम्बन्धित हिंसा विषयक अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागिहरुले उच्च नेतृत्वहरु सुरक्षित हुने गरि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी विद्येयक तयार पारेको आरोप लगाएका छन् ।
  • उनीहरुले विद्येयक द्वन्द्व पीडित, बेपत्ता पारिएका तथा मृतक परिवारको न्यायको लागि भन्दा आफुहरु सुरक्षित हुने र पिडकलाई कारबाहि नहुने गरि कानुन ल्याइएको बताउँदै द्वन्द्व पीडितले न्याय पाउन फेरी चुनाैती भएकाे बताए।

सचिन्द्र श्रेष्ठ,बागलुङ २८ मंसिरराजनितिक दलकाे नेताहरु सुरक्षीत हुन खाेज्दा द्दन्दपिडितहरुकाे १२ बर्षमा न्याय नै हराएकाे र यसकाे परिणाम दण्डहिनता माैलाएकाे एक कार्यक्रमका सहभागिले बताएका छन् । इक्वेल एक्सेसकाे अायाेजना र द्दन्दपिडित साझा चाैतारी ,स्टोरी किचन,सीवाईसीपी, यून वुमेन,लगायतका अधिकारबादी संस्थाहरुकाे सहकार्यमा बागलुङमा आयोजना गरेको द्वन्द्वसंग सम्बन्धित हिंसा विषयक अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागिहरुले उच्च नेतृत्वहरु सुरक्षित हुने गरि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी विद्येयक तयार पारेको आरोप लगाएका छन् ।
उनीहरुले विद्येयक द्वन्द्व पीडित, बेपत्ता पारिएका तथा मृतक परिवारको न्यायको लागि भन्दा आफुहरु सुरक्षित हुने र पिडकलाई कारबाहि नहुने गरि कानुन ल्याइएको बताउँदै द्वन्द्व पीडितले न्याय पाउन फेरी चुनाैती भएकाे बताए।


बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले तत्कालिन समयमा सरकारको नेतृत्व गर्नेहरु शेरबहादुर देउवा, केपी ओली र माओवादी नेता पुष्पकमल दाहाल लगायतका गंभिर प्रकारका मानव अधिकार हनन गर्ने सबै नेताहरुले आफुहरुलाई सुरक्षित हुने गरि विद्येयक बनाउँदा पीडितले न्याय पाउन नसकेको बताए ।

कार्यक्रममा मानव नागरीक संजाल एवं सत्कर्म नेपालका अभियन्ता सिताराम थापाले राजनितिक दल, सरकार र दातृ निकाय मिलेर पिडितलाई न्यय हैन भुलाउने काम गरेर छाेड्दै जाने गरेकाेले अब पृष्ठभुमि उनिहरु बिरुद्द नै पिडितले गर्ने अभियानमा निरन्तर सघाउने बताए। नागरीक समाजका काजि गाउले श्रेष्ठले सबैकाे साझा समाजमा पिडितले गर्ने अभियानमा सरकार उदासिन बसेकाेले नागरिक समाजले सघाउने बताए। बेपत्ता परिवाारका जसाेधा शर्माले पिडितमैत्रि र गाउँ गाउमा पिडितकाे लागि बन्ने नीति छलफल गरि काम गर्न अाग्रह गरिन।

कार्यक्रममा सहभागी अधिकारकर्मिहरु विकास पौडेल, गिता श्रीष, अञ्जु जिसी, पत्रकार महासंघका सचिव राम थापा, द्वन्द्व पीडित जशोदा शर्मा, पत्रकार तारानाथ आचार्य, बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिव सापकोटा लगायतले आ आफ्नो धारणा राखेका थिए । इक्वेल एक्सेसका जीवन लुइटेलले सहजिकरण गरेका कार्यक्रममा सञ्चालन इन्सेक प्रतिनिधि सिर्जना पन्तले गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?