यी ६ अाेटा मन्त्रालयकाे चार महिनाकाे खर्च विवरण सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
यी ६ अाेटा मन्त्रालयकाे चार महिनाकाे खर्च विवरण सार्वजनिक

सारांश

  • काठमाडौं,६ मंसिर ।
  • चालु आर्थिक वर्षको चार महिनामा भएका खर्च विवरणबारे ६ ओटा मन्त्रालयले जानकारी सार्वजनिक गरेका छन् ।
  • भौतिक पूर्वाधार, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक विवरण बुझाएका हुन् ।

काठमाडौं,६ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा भएका खर्च विवरणबारे ६ ओटा मन्त्रालयले जानकारी सार्वजनिक गरेका छन् । भौतिक पूर्वाधार, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक विवरण बुझाएका हुन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसेको थियो ।

शहरी विकास मन्त्रालय

भवन निर्माण शीर्षकमा शहरी विकास मन्त्रालयले १३ प्रतिशत खर्च गरेको छ । शहरी विकास मन्त्रालयको मेसिनरीतर्फको पुँजीगत बजेट एक प्रतिशत मात्रै खर्च भएको जनाएको छ । यस्तै सार्वजनिक निर्माणको क्षेत्रमा मन्त्रालयले ९ प्रतिशत खर्च गरेको छ।

उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय

उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले भवन निर्माणमा ७ प्रतिशत खर्च गरेको छ । मेसिनरी औजारतर्फ मन्त्रालयले सबैभन्दा धेरै १६ प्रतिशत खर्च गरेको छ । सार्वजनिक निमार्णतर्फ उर्जाले १५ प्रतिशत खर्च गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

भवन निर्माणमा यस मन्त्रालयले ६ प्रतिशत खर्च गरेको छ । मेसिनरी औजारतर्फ ३ प्रतिशत खर्च भएको छ भने सार्वजनिक निमार्णतर्फ १५ प्रतिशत खर्च भएको छ ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

भवन निर्माणका क्षेत्रमा ६ प्रतिशत खर्च गरेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मेसिनरी तर्फ ५ प्रतिशत खर्च गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भवन निर्माण तर्फ ६ प्रतिशत रकम खर्च गरेको छ । उद्योग मन्त्रालयले सार्वजनिक निर्माणमा ६ प्रतिशत खर्च गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भवन निर्माणमा सबैभन्दा कम ५ प्रतिशत खर्च गरेको छ । सञ्चार मन्त्रालयले मेसिनरी औजारतर्फ पनि ५ प्रतिशत नै खर्च गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले ६ वटै मन्त्रालयको पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको भन्दै दोस्रो चौमासिकसम्ममा शतप्रतिशत नतिजा निकाल्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती
टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
बोले रक्षामन्त्री पोखरेलका प्रेस संयोजक, हेलिकप्टरको यथार्थ यस्तो थियो…
बोले रक्षामन्त्री पोखरेलका प्रेस संयोजक, हेलिकप्टरको यथार्थ यस्तो थियो…
१३ औंँ सागः पोखरामा धनुकाण शुरु
१३ औंँ सागः पोखरामा धनुकाण शुरु
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
कांग्रेसको दाबीः दोस्रो चरणमा ७० सिट जित्छौं
कांग्रेसको दाबीः दोस्रो चरणमा ७० सिट जित्छौं
वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
बिआरआई सहमतिले सुरक्षित गठबन्धन
बिआरआई सहमतिले सुरक्षित गठबन्धन

तपाईंले छुटाउनुभयो कि?