आज गोवर्द्धन, बली, गोरु र हलि पूजा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
आज गोवर्द्धन, बली, गोरु र हलि पूजा

सारांश

  • काठमाडौं।
  • यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
  • कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ।

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्।

गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।

बली, हलि एवम् गोरु पूजा

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ।

यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार
भारत भन्दा दाेब्बर र चिन भन्दा तेब्बर महंगाे नेपालमा सिमेन्ट
भारत भन्दा दाेब्बर र चिन भन्दा तेब्बर महंगाे नेपालमा सिमेन्ट
१२१ सुन्दरीलाई पछाडी पार्दै शृङ्खला मिस वर्ल्ड २०१८ को सेमिफाइनलमा
१२१ सुन्दरीलाई पछाडी पार्दै शृङ्खला मिस वर्ल्ड २०१८ को सेमिफाइनलमा
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
बालकुमारी घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने
आजको राशीफल
आजको राशीफल
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री