‘घोषणपत्रअनुसार काम गर्नू’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
‘घोषणपत्रअनुसार काम गर्नू’

सारांश

  • सन्धिखर्क : चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि अर्घाखाँचीका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरू मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन्।
  • जिल्लाको छत्रदेव, पाणिनी, सितगंगा र भूमिकास्थान, सन्धिखर्क, मालारानीका विभिन्न ठाउँमा पुगेर मतदातालाई धन्यवाद दिएका छन्।
  • जहाँ विजय उत्सव, बधाई तथा सफलताको शुभकामना तथा मतदातालाई धन्यवाद दिन सांसद गाउँमा जान्छन्, यहाँ पहिले नै जानकारी हुन्छ, फुलमालासहित बधाई दिन तयार हुन्छन् गाउँबासी, सांसद आउँने खबर थाहा पाएपछि स्थानीय उत्साहित हुन्छन्।

सन्धिखर्क : चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि अर्घाखाँचीका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरू मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन्। जिल्लाको छत्रदेव, पाणिनी, सितगंगा र भूमिकास्थान, सन्धिखर्क, मालारानीका विभिन्न ठाउँमा पुगेर मतदातालाई धन्यवाद दिएका छन्।

जहाँ विजय उत्सव, बधाई तथा सफलताको शुभकामना तथा मतदातालाई धन्यवाद दिन सांसद गाउँमा जान्छन्, यहाँ पहिले नै जानकारी हुन्छ, फुलमालासहित बधाई दिन तयार हुन्छन् गाउँबासी, सांसद आउँने खबर थाहा पाएपछि स्थानीय उत्साहित हुन्छन्।

उनीहरू बधाई साटासाट गर्न दिन रात नभनी कुरेर बस्छन्। मालारानी गाउँपालिकाको विभिन्न वडामा भएको बधाई तथा धन्यवाद समारोहमा भेला भएका स्थानीयले माला, खादा र अबिर लगाएर प्रतिनिधिसभामा विजयी टोपबहादुर रायमाझी, प्रदेशसभा सदस्य चेतनारायण आचार्य र रामजी घिमिरेलाई स्वागत गरे।

कार्यक्रममा बधाई दिन उपस्थित एक जनाले भने ‘तपाईंहरूलाई भोटको भारी दिएर पठायौं, जिल्लालाई समृद्ध बनाउँनुहोस् जिम्मा तपाईहरुको हातमा छ। ‘गाउँबासी भन्छन्,‘तपाईंहरूको घोषणापत्र सुरक्षित गरेर राखेका छौ, ‘वाम गठबन्धनका उम्मेदवारहरूले घोषणापत्रअनुसार काम गर्न सके मात्र जनताले भोट दिएको सार्थक हुनेछ।’ बधाई समारोहमा बधाई सँगै काम गर्न सचेत पनि गराएका छन् मतदाताहरुले।

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रबाट विजयी रायमाझी, प्रदेशमा विजयी एमालेका आचार्य र घिमिरेले मतदातालाई गाउँगाउँमा पुगेर धन्यवाद दिएका छन्। उनीहरुले ‘तपाईंहरूले जति भोटको भारी पठाउनुभएको छ, त्योभन्दा बढी काम गरेर देखाउनेछु,’। विकास, जनचेतना र पहुँचका दृष्टिले पछाडि परेको उत्तरी क्षेत्रका स्थानीयको चित्त बुझ्ने गरी काम गर्ने दाबी गरेका छन्।

जनताले मात्र होइन कांग्रेसबाट प्रतिनिधीसभामा पराजय डा. रामबहादुर विसी, प्रदेश सभा १ मा पराजय विष्णु मुस्कान र २ मा पराजय हिम्मतबहादुर टण्डनले अमुल्य मत दिएकोमा अर्घाखाँचीबासी मतदातालाई धन्यवाद दिदै विजयीलाई बधाई दिए।

वाम गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका सासंदहरुको घोषणापत्र एउँटै थियो, उनीहरुले वाम गठबन्धनले जितेमा मात्र समृद्ध अर्घाखाँची बनाउँन सक्ने बताएका उम्मेदवारले फराकिलो मतान्तरले तिनै जना विजयी भए।
चुनावमा मत माग्न गाउँगाउँमा पुगेका रायमाझी, आचार्य तथा घिमिरेले जिल्लाबाट बाहिरिएका ५० हजार युवालाई स्वदेशमै फर्काउँने, प्रत्येक छिमेकी जिल्ला र सबै गाउँका बाटालाई कालोपत्रे गर्ने, काठका पोल हटाउँने, अर्घाभगवती विमानस्थल निमार्ण कार्य सम्पन्न गर्ने, नौमुरे जलविद्युत परियोजना सञ्चालन गर्ने, गुणस्तरीय शिक्षालयहरु प्रत्येक गाउँ र नगरमा स्थापना गर्ने, जिल्ला अस्पताललाई १०० शैयाको बनाउने बताएका रायमाझीले एजेण्डा पुरा गर्ने बताउँदै मतदातालाई धन्यवाद दिन व्यस्त छन्।

माओवादी केन्द्रका प्रभावशाली नेता समेत मानिएका रायमाझी माओवादीको बैठकमा सहभागी नभई जिल्लाका सबै स्थानीय तह तथा सबै वडाहरुमा मतदातालाई धन्यवाद दिनमा व्यस्त छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?