राष्ट्रिय महिला भलिबल टोली बङ्गलादेशतर्फ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
५१ पटक हेरिएको
Shares
राष्ट्रिय महिला भलिबल टोली बङ्गलादेशतर्फ

सारांश

  • बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिनको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
  • भोलिदेखि ढाकामा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन १२ सदस्यीय खेलाडीसहितको टोली ढाका प्रस्थान गरेको हो ।
  • प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् ।

बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिनको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।भोलिदेखि ढाकामा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन १२ सदस्यीय खेलाडीसहितको टोली ढाका प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यही कात्तिक २४ गते माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको शुरुवात गर्नेछ । त्यस्तै कात्तिक २५ गते अफगानिस्तान, २६ गते किर्गिस्तान र २७ गते आयोजक बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि २८ गते खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ ।

नेपाली खेलाडीमा कप्तान अरुण शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीले थाइल्याण्डमा १९ दिन प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?