जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०८०
|
|
५१ पटक हेरिएको
Shares
जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताएका छन् ।
  • नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेको उल्लेख गर्दै उनले भने “विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले यस क्षेत्रमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताएका छन् ।

नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेको उल्लेख गर्दै उनले भने “विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले यस क्षेत्रमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ । निर्धारित लक्ष्यलाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ ।”

दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई श्रव्यदृश्यका माध्यमबाट आज सम्बोधन गर्दै प्रधानमन्त्रीले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धताका साथ नेपालले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपाय अवलम्बन गरेको तथा हरियालीलाई प्रवद्र्धन गर्दै सन् २०४५ सम्ममा नेट जिरो शून्य उत्सर्जनमा पुग्ने लक्ष्य लिएको बताए ।

प्रधानमन्त्रीले विश्व समुदाय कोभिड– १९ महामारी, जलवायु परिवर्तन र गहिरो भूराजनीतिक जटिलताबाट उत्पन्न अभूतपूर्व सङ्कटको सामना गरिरहेको अहिले अवथाबारे स्पष्ट पार्दै त्यसबाट खाद्य, पोषण, स्वास्थ्य शिक्षा, अर्थव्यवस्था, वातावरण, शान्तिसुरक्षामा प्रभाव पारेको बताए । उनले विकासोन्मुख देश त्यसमा पनि विशेषगरी अल्पविकसित देशहरु त्यसखालको सङ्कटबाट सबैभन्दा बढी प्रभावित भएको यथार्थ सुनाउनुभयो । खाद्यान्न र ऊर्जाको बढ्दो मूल्य, कठोर आर्थिक अवस्था र कमजोरीको निरन्तर चक्रले थप चिन्तित बनाएको प्रधानमन्त्रीले बताए ।

ग्लोबल साउथका धेरै देश ऋणको बोझमा परेका कारण स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्वपूर्ण राष्ट्रिय प्राथमिकतामा लगानीका लागि दबाबमा परेका प्रधानमन्त्रीले बताए ।

विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ भन्ने आफूहरुको विश्वास रहेको प्रधानमन्त्रीको भनाइ थियो । आपसी विश्वास, साझेदारी, सहकार्य प्रवद्र्धन र एकताका साथ काम गर्नु अत्यावश्यक भएकामा उहाँले जोड दिनुभयो । ग्लोबल साउथले गरिबी उन्मूलन गर्न र आफ्ना मानिसलाई सुसंस्कृत जीवनका लागि पनि उचित हिस्साको जरुरी रहेको प्रधानमन्त्रीको कथन थियो ।

संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने– “हामी विश्वास गर्छौ कि विद्यमान विश्वव्यापी शासन संरचनामा सान्दर्भिक र आजको वास्तविकतालाई प्रतिबिम्बित गर्न समयसापेक्ष सुधार आवश्यक छ ।” उनले कमजोर र अल्पविकसितलगायत विशेष परिस्थितिमा रहेका देशको आवाजलाई पूर्ण रूपमा ध्यान दिएर अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रधानमन्त्रीले सन् २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट स्तरोन्नती हुने चरणमा पुग्ने र यो प्रक्रियालाई थप सहज, दिगो र अपरिवर्तनीय बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रिय नीति र योजनामा एकीकृत गर्दै अगाडि बढ्ने ध्येयका साथ विकासका दृष्टिकोण र प्राथमिकतालाई केन्द्रमा राखिएको जानकारी दिँदै प्रधानमन्त्रीले हालसम्म हासिल भएको प्रगति पनि विश्वव्यापी सङ्कटका कारण एक प्रकारको चुनौती थपिएको बताए ।

प्रधानमन्त्रीले हाम्रा साझेदारबाट विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगजस्ता अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरिरहेको बताए । विकासोन्मुख देशहरूको साझा लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरे । प्रधानमन्त्रीले भारतलाई सफल रुपमा जी २० को अध्यक्षता गरेकामा हार्दिक बधाई ज्ञापन गरे । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भ्वाइस अफ ग्लोबल साउथ’को यो महत्वपूर्ण दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेकोमा कृतज्ञता ज्ञापन गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
Ways to Secure Business Software
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
The Truth About No Deposit Slots
विवेकशील नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल,मृत्युको हल्ला Fake News
विवेकशील नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल,मृत्युको हल्ला Fake News
नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो
नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो
संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?
संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?
सत्ता गठबन्धनलाई सिट बाँडफाँड  गर्न सकस
सत्ता गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस
If you want to obtain a flavor of how the Extremely Mario Bros. online game was basically meant to be enjoyed, then your Old style Games Megadroid emulator is he best option for you suitable for you. This kind of Extremely Mario game is probably the most popular video games in recent history, along with the Megadroid program imitates the features of this traditional video game on your PC. Why don’t have a look at what the Very Mario sport is all about. Within this activity, Mario is definitely a typical plumbing technician who also actually is excellent with his career. They at all times visits operate so that it will aid various other https://custom-roms.com/roms/acorn-electron/simcity-1990-superior-software-acornsoft-usa individuals, normally by simply providing some item to them. So far as his or her life is concerned, he has 4 siblings, called Little princess Peach, Toad, Toadette, and even Marirana. Each of them are usually created in to excellent family members, and their families have got lived in this castle for several years. Nonetheless simply just when they feel that they are going to reside a cheerful lifespan with no worries, typically the wicked California king Koopa happens in addition to gets control typically the castle. Right after kidnapping the many beaufitul princesses, Koopa kidnaps the california king and delivers him off to a far away territory. If the full royaume in a very odd property referred to as Prehistoric Territory, three princesses had been dispatched on a unique plane plus the california king has become abducted by bad ice age Full Koopa. Mario, Luigi, in addition to Princess Peach start out searching for the particular missing empire regarding Dinosaur Terrain and prevent the top lizard from taking over the entire world. You additionally reach opt for between a couple of varied characters, in order to. Earliest you can select from some sort of men personality who is Chief Falcon along with a female character who is Princess Peach. To help make your game playing knowledge enjoyment, you should know that will they are all will vary amounts of difficulty in enjoying the sport. The Nintendo Wii is fairly efficient at generating an alternative game in line with the personality that you simply decided to enjoy as. Therefore , once you choose the character that you want to experience mainly because, then it will be no wonder how the sport is extremely appealing together with complicated at the same time. You can find numerous free online games you can engage in totally free nevertheless the Popular Video gaming Megadroid program guaruntees your knowledge is the foremost considering the wide range of headings which it facilitates. You must have a look at the set of video games so it facilitates which includes several great system games for instance Super Mario Friends, Castlevania, Donkey Kong, Kirby, Zelda, Metroid, and even Metroid Blend. The particular Megadroid helps many Nintendo Roms plus emulators that you can get online. A lot of these game applications have got a exclusive function involving games just for fun. If you are looking regarding something intriguing to try and do online, then you need enjoying Very Mario game titles on Sexy Video games Megadroid. It is rather convenient to use because you only have to download the application and you can start actively playing quickly. You cannot possibly have to mount any additional software program or games prior to this. The solution works with having Or windows 7, Landscape, and the most recent type associated with Home windows 8. If you want to play Super Mario starting now, only download the program and find started when using the fun. You may not end up being let down together with the a comprehensive portfolio of game titles that it software facilitates. Try it out to see the way the game has been meant to be played out.