इलामलाई हराउदै अपराजित पोखरा शिर्ष स्थानमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०८०
|
|
२३ पटक हेरिएको
Shares
इलामलाई हराउदै अपराजित पोखरा शिर्ष स्थानमा

सारांश

  • काठमाडौं ।
  • जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ ।
  •   बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ । 

बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले पराजित गरेको हो । पोखराको जितमा खेलको ४७औं मिनेटमा सञ्जिव विष्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यो जितपछी एनएसएलमा पोखराले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यो जितपछि पोखराको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी इलामको भने यो यस सिजनमा तेस्रो हार हो । ४ खेल खेलको इलमको ३ अंक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?