संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता

सारांश

  • काठमाडौं।
  • ‘मेरो देश डुब्न लाग्यो, किनारा लगाइदेऊ।
  • सपुत छौ कि कोही माझी बचाइदेऊ।

काठमाडौं। ‘मेरो देश डुब्न लाग्यो, किनारा लगाइदेऊ। सपुत छौ कि कोही माझी बचाइदेऊ।’ डा. भोला रिजालको यो गीतको अंश प्रतिनिधिसभामा तत्कालीन नेकपाका नेता माधवकुमार नेपालले उच्चारण गरेका थिए। उनको सिधा संकेत थियो, देशमा संकट छ।

समाधान गर्न सरकारले पहल गरेन। प्रधानमन्त्री नेकपाकै अध्यक्ष केपी शर्मा ओली थिए। भोलिपल्टै (असोज १२ गते) अमेरिकाबाट ओलीले जवाफ फर्काए, ‘देश त अत्यन्त सही बाटोमा सही ढंगले अघि बढेको छ।’ माधव नेपालले देखेको संकट ओलीले देखेनन्। अर्थात् सत्तामा बस्नेले देशको संकट देख्दैन, बुझ्दैन। वा नदेखेझैँ गर्छ।

अनि अहिले देश संकटमा छ? अवश्य, एकछिन अन्तर्राष्ट्रिय विमानस्थलको विदेश प्रस्थान कक्ष हुर्नुहोस् त। देशबाट निराश मान्छेको भिडमा देखिन्छ संकट। महँगी र बेरोजगारीको पीडा आँसु बनेर बरर चुहिन्छ विमानस्थलमा। मान्छे देशमा बस्नभन्दा विदेश जान पाएकोमा गर्व गर्छ।

खुसियाली मनाउँछ। सजिलै भिसा पायो भने यो देशमा को बाँकी रहला ? उत्तर अनुमान गर्न सकिन्छ। यहाँ कोही किन बस्न चाहदैन ? नेपाल खत्तम छ, सिद्धिइसक्यो, यहाँ भ्रष्टाचारबाहेक केही नै छैन। रोजगारी छैन, विकास हुँदैन। यो देशमा बस्नु बेकार छ भन्दै विदेश जाने प्रक्रिया चलेको छ।

‘नेपाल खत्तम छ, नेपाल सिद्धिइसक्यो, यहाँ भ्रष्टाचारबाहेक केही नै छैन। यहाँ रोजगारी छैन, यहाँ विकास हुँदैन। त्यसैले यो देशमा बस्नु बेकार छ भन्दै विदेश जाने प्रक्रिया चलेको छ। म त्योसँग असहमत छु’, प्रचण्डले भने।

यी निराश नागरिकमा आशाको सञ्चार कसले गर्ने? जबकि सत्तामा हुँदा कसैले देशको संकट देख्दैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी भिन्न छ। उनलाई लागेको छ, ‘एक वर्षमा ऐतिहासिक काम भएको छ,’ उनलाई लाग्छ, ‘अरूले पीठो कराएर बेचे, हामीले राम्रो चामल पनि बेच्न जानिएन। अरूले नगरेको पनि गरेको जसरी प्रचार गर्छन्। हामीले सकेनौं।’

अनि अर्थमन्त्री डा. प्रकाशशरण महतको भनाइ पनि उस्तै छ। युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको उनको भनाइ छ। सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको उनले बताए।

राष्ट्र संकटमा छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्। शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे। अहिलेको बेला सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।

कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको उनले बताए। ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ,’ उनले भने, ‘अहिलेको बेला हामी सबैले मिलेर खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्नुपर्ने आवश्यकता छ।’ लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको उनले बताए।

सभापति देउवाले राष्ट्र संकटमा रहेको बताए पनि कांग्रेसकै महामन्त्रीको धारणा भने भिन्न छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताए। नेपालमा अहिले संकट रहेको कुरा गर्ने गरे पनि राजनीतिक संकट नरहेको उनले बताए।

‘संकट केलाई मान्न मिल्छ भने जतिबेला नेपालमा हिंसात्मक विद्रोहको अवस्था थियो। राज्य नै गाउँ छिर्न नसक्ने अवस्था थियो। मान्छे यतै मरेको उतै मरेको ठप्प अवस्था थियो। त्यस्तो अवस्थामा हल खोज्ने कांग्रेस तर, अहिले हामीले सानोतिनो समस्यालाई संकट भनेर कांग्रेसले बिस्कुन सुकाउन मिल्छ ?’ उनले भने। संविधान बनाएर कांग्रेसले संकट टारेको बताउँदै अहिले त्यस्तो संकट नरहेको उनको टिप्पणी छ।

सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमै रहेको दाबी गरेका छन्।

शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले युवाहरूको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको दाबी गरे।

सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको उनले बताए। कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरूले नै सचेतना अभियान चलाउन आवश्यक रहेको उनले बताए।

नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको उनले बताए। स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियतसमेत दिएको उनले बताए। विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रूपमा सुधार हुँदै गएको उनको दाबी छ।

प्रदेश संरचना नेता पाल्ने र राज्यकोष दोहन गर्ने माध्यम बन्यो : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्न ढिला गर्न नहुने बताएका छन्। शनिबार पोखरामा पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै सभापति लामिछानेले प्रदेश संरचना बेढंगको भएको बताए।

‘प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न हुँदैन। यो बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ। यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ’, लामिछानेले भने। प्रदेशले केही नेता र उनीहरूका आफन्तलाई जागिर दिने काम गरेको भन्दै उनले भने, ‘सरकारी ढुकुटीबाट तेल, इन्धन, गाडी चढ्छन् तर यसले नतिजा दिँदैन।’

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गरेका छन्।

शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आहृवान गरे।

वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक ध्रुवीकरण गर्नुपर्ने आवश्यकता औँल्याए।

विगतमा कसैले आँट नगरेका ऐतिहासिक काम भएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले ऐतिहासिक काम गरे पनि प्रचार गर्न नजानिएको टिप्पणी गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले काठमाडौंको बूढानीलकण्ठमा पार्टीले आयोजना गरेको विशेष रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा कसैले आँट नगरेका काम आफूले गरिरहेको जिकिर गरे।

‘पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मैले नै प्रस्ताव गरेको हो। ३० हजार जतिको ऋण मिनाहा, एक लाख जतिको ब्याज नलाग्ने निर्णय त्यतिबेलै गरेको हो। दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरियो, उज्यालो नेपालको अभियान सुरु गरियो,’ उनले भने, ‘अरूले पीठो कराएर बेचे, हामीले राम्रो चामल पनि बेच्न जानिएन।’

उनले भने, ‘यति ठूलो चिज पनि हामीले बिक्री गर्न सकेनौँ । अरूले नगरेको पनि गरेको जसरी प्रचार गर्छन्। हामीले सकेनौं।’ आफू प्रधानमन्त्री भएपछि सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिक, अनौपचारिक क्षेत्रका श्रमिक समावेश गराउने, भारतसँग विद्युत् व्यापार, मिटरब्याज पीडितलाई न्याय दिन कानुन निर्माण लगायतका ऐतिहासिक काम गरेको उनको जिकिर छ।

‘विगतमा कसैले आँट नगरेका ऐतिहासिक काम भएका छन् । प्रचार काम भयो । माओवादी बलियो भयो भने देशमा राम्रा काम हुन्छन् भन्ने सन्देश प्रचार गर्नुपर्‍यो,’ उनले भने । आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको भन्दै उन पुस १० गते सरकारले गरेका काम, गर्न बाँकी काम, अबको आक्रामक शैलीबारे राष्ट्रका नाममा सम्बोधन गरेर जानकारी गराउने बताए।

हिमालय टाइम्स दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडक हस्तान्तरण नगरे ठेकेदारलाई कारवाही
नारायणगढ-मुग्लिन सडक हस्तान्तरण नगरे ठेकेदारलाई कारवाही
लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँट गर्न बैठक शुरु
लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँट गर्न बैठक शुरु
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
तातिदै समाजवादी पार्टी, ७ प्रदेशमा आमसभा गर्दै
तातिदै समाजवादी पार्टी, ७ प्रदेशमा आमसभा गर्दै
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
आज शिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घूइँचो
आज शिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घूइँचो
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
साफ महिला फुटबलमा नेपालले बंगलादेशसंग भिड्ने
साफ महिला फुटबलमा नेपालले बंगलादेशसंग भिड्ने

तपाईंले छुटाउनुभयो कि?