अदालतको अवहेलना प्रधानन्यायाधीशले गरे : गोविन्द केसी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
अदालतको अवहेलना प्रधानन्यायाधीशले गरे : गोविन्द केसी

सारांश

  • काठमाडौं, पुस २५ ।
  •  त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ चिकित्सक गोविन्द केसीले आफूले न्यायाशीध र न्यायपालिकाको नभई न्यायाधीशको भ्रष्ट प्रवृतिको विरोध गरेको बयान दिएका छन् ।
  • मंगलबार दिउँसो २ बजेपछि सुरु भएको अदालतको अवहेलनासम्बन्धी बयानमा डाक्टर केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए ।

काठमाडौं, पुस २५ । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ चिकित्सक गोविन्द केसीले आफूले न्यायाशीध र न्यायपालिकाको नभई न्यायाधीशको भ्रष्ट प्रवृतिको विरोध गरेको बयान दिएका छन् ।

मंगलबार दिउँसो २ बजेपछि सुरु भएको अदालतको अवहेलनासम्बन्धी बयानमा डाक्टर केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए ।

‘अरुले दुईटा नागरिकता राख्न पाउँदैनन्, तर प्रधानन्यायाधीशसँग दुई नागरिकता छन्, उहाँले उमेर सच्याएर जागिर खाइरहनु भएको छ, त्यो अपराध हो’ केसीलाई उद्धृत गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले भने, ‘उहाँ न्यायाधीश हुन अयोग्य मान्छे हो, उहाँमाथि छानबिन गरिपाउँ ।’

केसीले प्रधानन्यायाधीश पराजुलीले पदीय हैसियत पनि दुरुपयोग गरेको बयानमा उल्लेख गरेका छन् । नातेदार भएकाले नहकुल सुवेदीलाई ६ महिनामा तीन पटक बढुवा गरेको उल्लेख गर्दै पराजुलीले नै अदालतको अपहेलना गरेकाले उनलाई कारबाही गर्नुपर्ने केसीले बयानमा उल्लेख गरेका छन् ।

केसीको बयान सकिएपछि अब न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीले अदालतको अपमान गरेको मुद्दामा बहस हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?