प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा

सारांश

  • काठमाडौं, १८ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत्र २३ गतेदेखि हुने तीन दिने भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली आन्तरिक तयारीमा जुटेका छन् ।
  • परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा भारतसँग राख्नुपर्ने एजेण्डाका बारेमा केन्द्रित रहेर आफ्नो छलफल अघि बढाएका छन् ।

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत्र २३ गतेदेखि हुने तीन दिने भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली आन्तरिक तयारीमा जुटेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा भारतसँग राख्नुपर्ने एजेण्डाका बारेमा केन्द्रित रहेर आफ्नो छलफल अघि बढाएका छन् । स्रोतका अनुसार ज्ञवालीले भारतसँग रहेको खर्बौंको व्यापार घाटा न्यूनिकरण गर्ने र अन्य विकास सम्बन्धित एजेण्डामा पनि बुँदागत रुपमा कुरा गर्नेगरि छलफल गरेका छन् ।

त्यसैगरि परराष्ट्रमन्त्रीले भ्रमणको क्रममा भारतसँग के कस्ता विषयमा कुरा गर्ने हो भन्नेबारे पनि अन्तरमन्त्रालय छलफल गर्नेछन् । त्यसैगरि, विज्ञ, उद्योगी तथा व्यवसायीहरुसँग पनि उनले आज र भोलिभित्रै छलफल गर्नेछ । प्रधानमन्त्री ओलीले विज्ञहरुसँग सामूहिक छलफल गरेर भ्रमणको बारेमा सल्लाह र सुझाव लिनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?