स्रोत नखुलेको १९ लाखसहित मोरङबाट एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
२७ पटक हेरिएको
Shares
स्रोत नखुलेको १९ लाखसहित मोरङबाट एक जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
  • सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ बुधबार बेलुका परेका हुन् ।

काठमाडौँ । मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ बुधबार बेलुका परेका हुन् ।

विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डिएसपी) रन्जन कुमार दाहालका अनुसार ‘अवैध हुण्डी कारोबारलाई नियन्त्रण गर्न जिल्ला प्रहरीले चलाएको अपरेसनमाबाट उनलाई पक्राउ गरिएको हो ।

साहबाट बरामद गरिएको नगद र मोटरसाईकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको डिएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?