भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७८
|
|
५७ पटक हेरिएको
Shares
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?

सारांश

  • नेपालमा सवारी साधनलाई सरकारले विलासिताको वस्तु अन्तर्गत राखेको छ ।
  • त्यसैले पनि सवारी साधनमा सरकारले विभिन्न किशिमका करहरु लिने गरेको छ ।
  • यही कारण पनि नेपालमा सवारी साधन किन्नु निकै महंगो पर्छ ।

नेपालमा सवारी साधनलाई सरकारले विलासिताको वस्तु अन्तर्गत राखेको छ । त्यसैले पनि सवारी साधनमा सरकारले विभिन्न किशिमका करहरु लिने गरेको छ । यही कारण पनि नेपालमा सवारी साधन किन्नु निकै महंगो पर्छ ।

सरकारले लिने विभिन्न करहरुका कारण भारतमा २० लाखमा पाइने गाडी नेपालमा किन्दा ८५ लाख रुपैयाँसम्म पर्ने गर्छ । सरकारले गाडीमा ८० प्रतिशतसम्म भन्सार शुल्क, शतप्रतिशतसम्म अन्तःशुल्क, १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिदै आएको छ ।

यही तपाईले कुनैपनि २० लाख रुपैयाँ बराबरको गाडी लिदै हुनुहुन्छ भने तपाई त्यसमा भन्सार शुल्क ८० प्रतिशत तिर्दा १६ लाख रुपैयाँ थपिएर ३६ लाख रुपैयाँ हुन्छ । ३६ लाखमा फेरि ९० प्रतिशत अर्थात् ३२ लाख ४० हजार रुपैयाँ अन्तशूल्क थपिन्छ ।

अन्तशूल्क पछि गाडीको मूल्य ६८ लाख ४० हजार रुपैयाँ हुन्छ । अन्तशूल्क थपिएको मूल्यमा फेरि १० प्रतिशत सडक दस्तुर थपिन्छ । १० प्रतिशत सडक दस्तुर ६ लाख ८४ हजार रुपैयाँ हुन्छ । सडक दस्तुरको मूल्य समेत जोड्दा गाडीको मूल्य ७५ लाख २४ हजार रुपैयाँ पुग्छ ।

सडक दस्तुर समेत थपिएको मूल्यमा फेरि १३ प्रतिशत भ्याट अर्थात् ९ लाख ७८ हजार १ सय २० रुपैयाँ थप जोड्दा गाडीको मूल्य ८५ लाखभन्दा बढि हुन्छ । सरकारले लिने यी र यस्तै करहरुका कारण पनि नेपालमा गाडी किन्नु एकदमै महंगो हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा र पौडेल बिच भनाभन, सुरू हुनसकेन वैठक
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा र पौडेल बिच भनाभन, सुरू हुनसकेन वैठक
निर्वाचन आयोगले गगन थापालाई दोश्रो पटक स्पष्टिकरण सोध्यो
निर्वाचन आयोगले गगन थापालाई दोश्रो पटक स्पष्टिकरण सोध्यो
कर्मचारी समायोजनमा पहिलो प्राथमिकता स्थानीय तह
कर्मचारी समायोजनमा पहिलो प्राथमिकता स्थानीय तह
मुगु जिप दुर्घटना : दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
मुगु जिप दुर्घटना : दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह
उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह
सत्खलुवा तालमा पर्यटक वृद्धि
सत्खलुवा तालमा पर्यटक वृद्धि
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…
तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन
तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार