यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
६२ पटक हेरिएको
Shares
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

सारांश

  • काठमाडौं।
  • अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन्।
  • न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति उनलाई दोषी ठहर गर्दै पीडित महिलालाई क्षतिपूर्तिसहित ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो।

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन्। न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति उनलाई दोषी ठहर गर्दै पीडित महिलालाई क्षतिपूर्तिसहित ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो।

दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ।

उनले लगाएको बलात्कारको गम्भीर आरोप भने अस्वीकार गरिएको थियो। ती लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्।

ट्रम्पले उनलाई ठगीको आरोप लगाएका थिए। क्यारोलले उक्त आदेश आफ्नो कुरा विश्वास नगरिएकाले पीडा खेपेका प्रत्येक महिलाका लागि जित भएको बताएकी छन्। ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेका छन् र उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने जनाएका छन्।

न्यूयोर्कस्थित एक जना बीबीसी संवाददाता भन्छन्- उक्त मुद्दाले आगामी राष्ट्रपति चुनावमा फेरि प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा गम्भीर प्रभाव पार्नसक्ने बताएका छन्। दुई हप्ते सुनुवाइमा ट्रम्प स्वयं भने उपस्थित भएका थिएनन् तर उनको धारणा जुरी समक्ष सुनाइएको थियो।

मङ्गलवार निर्णय सुनाउने जुरीमा ६ पुरुष र ३ महिला थिए। आदेशपछि लिखित वक्तव्यमा क्यारोलले भनेकी छन्, “आज विश्वले वास्तविकता थाहा पाएको छ। यो मेरो मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित हो।”

फौजदारी नभई देवानी अदालतमा सुनुवाइ गरिएकाले ट्रम्पलाई यौन दुर्व्यवहारकर्ताका रूपमा अभिलेखकृत गर्नुपर्ने छैन। पूर्व राष्ट्रपतिले क्यारोलको आरोपहरू अस्वीकार गर्दै आएका छन्। ७९ वर्षकी क्यारोलले आदेश सुनिरहँदा आफ्ना दुवै वकिलहरूको हात समाएकी थिइन् र क्षतिपूर्ति दिने निर्णय सुनाइँदा मुस्कुराएकी थिइन्।

ट्रम्पका वकिल जो टोकोपिनाले सुनुवाइ सकिएपछि हात मिलाउँदै उनलाई ‘बधाई र शुभकामना’ भनेका थिए। जुरीको निर्णयपछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा ट्रम्पले लेखेका छन्, “ती महिला को हुन् मलाई केही थाहा छैन।’

यो ट्रम्पले सामना गरिरहेको कैयौँ मुद्दाहरूमध्ये एक हो। एक जना वयस्क चलचित्र अभिनेत्रीलाई चुपचाप रहन रकम दिएको, अमेरिकी संसद् भवनमा दंगा फैलाउन भूमिका खेलेको र सन् २०२० को चुनाव आफ्नो पक्षमा पार्न लागिपरेको जस्ता अन्य आरोपहरू पनि ट्रम्पले सामना गरिरहेका छन्।

दुई हप्ताको सुनुवाइमा क्यारोल र ट्रम्प दुवै पक्षका वकिलहरूले राखेका धारणाको परीक्षण गरिएको थियो। क्यारोलको कानुनी टोलीले ट्रम्पले उनलाई एउटा विलासी स्टोरको भित्री वस्त्रहरू खरिद गर्ने क्षेत्रमा सन् १९९५ वा १९९६ मा दुर्व्यवहार गरेको दाबी पुष्टि गर्न ११ जना प्रत्यक्षदर्शीहरू उपस्थित गराएको थियो।

त्यसमा दुई जना महिला पनि थिए जसले ट्रम्पले आफूलाई वर्षौँअघि यौन दुर्व्यवहार गरेको बताएकी थिइन्। एक जना महिलाले सन् १९७० को दशकमा उडानका समयमा ट्रम्पले आफ्नो इच्छा विपरीत स्पर्श गरेको बताएकी थिइन्।

अर्कीले सन् २००५ मा एउटा लेखका लागि अन्तरवार्ता लिने क्रममा ट्रम्पले जबरजस्ती ढङ्गले आफूलाई चुम्बन गरेको बताएकी थिइन्। क्यारोलका दुई जना पुराना साथीहरूले उक्त घटना भए लगत्तै उनीहरूलाई उनले त्यसबारे बताएको जनाएका थिए।

क्यारोल स्वयंले स्टोरमा भएको घटनाको विवरण सुनाउँदै त्यसबाट आफूलाई पुगेको आघातको व्याख्या गरेकी थिइन्। ट्रम्पले कुनै पनि प्रत्यक्षदर्शी उपस्थित गराएनन् र जुरी सदस्यहरू सामु भिडिओ रिकर्डिङबाट राखिएको उनको धारणा सुनाइएको थियो।

उनले आफूमाथिका आरोप निराधार भएको दाबी गरेका थिए। एल म्यागेजीकी पूर्व स्तम्भकार क्यारोलले सन् २०२२ मा न्यूयोर्कले यौन दुर्व्यवहार पीडित वयस्कहरूलाई लक्षित गर्दै ल्याएको एउटा कानुनका आधारमा उक्त मुद्दा दायर गरेकी थिइन्। त्यसले सो राज्यमा हद म्याद नाघेका घटनालाई कानुनी दायरामा ल्याउन पीडितहरूलाई एक वर्षको समय उपलब्ध गराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जथाभावी गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु, १३ जना घाइते
जथाभावी गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु, १३ जना घाइते
निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको आग्रह
निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको आग्रह
पोर्चुगलमा नेपाली पत्रकारको चर्तिकला…
नेताबाटै शसस्त्र प्रहरीको दुरुपयोग, कुन नेतासँग कति जना छन् प्रहरी ?
नेताबाटै शसस्त्र प्रहरीको दुरुपयोग, कुन नेतासँग कति जना छन् प्रहरी ?
जुम्लामा पहिलो पटक मेरुदण्डको सफल अप्रेशन
जुम्लामा पहिलो पटक मेरुदण्डको सफल अप्रेशन
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र
प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र
समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?