मन्त्रालय भित्रै झण्डै हात हालाहाल, धरापमा सरकार !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
मन्त्रालय भित्रै झण्डै हात हालाहाल, धरापमा सरकार !

सारांश

  • काठमाडौं, ४ जेठ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको खर्च र भ्रष्टाचारलाई लिएर प्रदेश २ को सरकार संकटमा परेको छ ।
  • सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले भ्रमणका बेला भएको भ्रष्टाचारको कुरा जोडदार रुपमा उठाएपछि प्रदेशमन्त्रीहरू भौतिक आक्रमणमा उत्रिएका छन् ।

काठमाडौं, ४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको खर्च र भ्रष्टाचारलाई लिएर प्रदेश २ को सरकार संकटमा परेको छ ।

सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले भ्रमणका बेला भएको भ्रष्टाचारको कुरा जोडदार रुपमा उठाएपछि प्रदेशमन्त्रीहरू भौतिक आक्रमणमा उत्रिएका छन् । मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न भएपछि संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा रहेको प्रदेश २ को सरकारको भविस्य संकटमा परेको हो ।

जेठ २ गते भूमिसुधार तथा कृषि मन्त्रालयमा बसेको समीक्षा बैठकमा मन्त्री शैलेन्द्र साह र राज्यमन्त्री योगेन्द्र राय यादवले राजपा नेपालकी प्रदेश सांसद एवम् केन्द्रीय प्रवक्ता डा डिम्पल झामाथि झण्डै हातपात गरेको उच्च स्रोतले जनाएको छ । डा झा राजपा नेपालको अध्यक्षमण्डलका अध्यक्ष अनिलकुमार झाकी पत्नी पनि हुन् ।

मोदीको भ्रमणका बेला जनपरिचालन समितिको जिम्मेवारी पाएका मन्त्री शैलेन्द्र साहले ३५० बस परिचलान गरेको भन्दै फजुल बिलभरपाई पास गर्न माग गरेका थिए । राजपाकी डा झाले आफ्नो गृहजिल्ला रौतहटबाट बस नआएको र व्यापक भ्रष्टाचार भएको भन्दै विरोध गरेपछि मन्त्रीद्वय साह र यादवले कुर्सीबाट जुरुक्क उठेर कुट्न नजिकै पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । त्यसपछि नजिकै रहेका अन्य नेताहरूले मन्त्रीहरूलाई रोकेर छुट्याएका थिए ।

सांसद डा झाले नागरिक अभिनन्दनमा भएको खर्चको हिसाव–किताव माग्नुका साथै भ्रष्टाचारीहरूलाई हदैसम्मको कारबाहीको जोडदार माग गरेकी छिन् । उनले भ्रष्टाचारविरुद्ध आवाज उठाएपछि संघीय फोरमका सांसद र मन्त्रीहरूको सातो गएको छ । भ्रष्टाचारको विषयलाई संघीय फोरमले लुकाउन खोजेको छ ।

त्यसपछि बैठक कक्षभित्र उपस्थितहरूबीच भनाभन भएको थियो । डा।झाले भ्रष्टाचारको कुरा उठाएपछि प्रदेश सभाको बैठकमा समेत सो विषयले प्रवेश पाएको छ । यसबारेमा प्रदेश २ का सभामुख सरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई भ्रष्टाचारबारेमा जानकारी गराउन रुलिङ गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला मञ्च व्यवस्थापनमा मात्रै १ करोड ६७ लाख खर्च भएको छ । मञ्च व्यवस्थापनको जिम्मेवारी प्रदेश २ का मन्त्री एवम् राजपा नेपालका महामन्त्री जितेन्द्र सोनलले पाएका थिए । मन्त्री सोनलले पनि मञ्च व्यवस्थापनका नाममा लाखौँ रकम भ्रष्टाचार गरेको आरोप उनकै पार्टीका नेताहरूले लगाएका छन् ।

मोदीको नागरिक अभिनन्दन र तयारीका बेला ७ करोड ३० लाख खर्च भएको थियो । यति धेरै पैसा खर्च हुँदा पनि कार्यक्रममा आएका सर्वसाधारलाई शुद्ध पिउने पानी दिइएको थिएन ।
मोदीको नागरिक अभिनन्दनमा भएको भ्रष्टाचारका कारण संघीय फोरमको नेतृत्वमा रहेको वर्तमान सरकार धरापमा परेको एक नेताले बताए ।

राजपा नेपालको संसदीय दलको बैठकले समेत संघीय फोरमका तर्फबाट मन्त्री बनेका मन्त्री शैलेन्दै साह र राज्यमन्त्री योगेन्द्र राय यादवले डा डिम्पल झासँग माफी माग्नुपर्ने निर्णय गरेको छ । राजपाको निर्णयले संघीय फोरमलाई अफ्ठ्यारो परेको हो ।
डा डिम्पल झासँग दुई मन्त्रीले माफी नमागे प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको निर्णय राजपाले गरेको छ ।

यसैबीच, प्रदेश २ का सभामुख सरोज यादवले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएका छन् । सभामुख यादवले कांग्रेसका रामसरोज यादवलाई विहीबार पत्र लेखेर प्रमुख प्रतिपक्ष दलको मान्यता दिएका हुन् ।

मुख्यमन्त्री राउतले एमालेलाई प्रमुख विपक्षी दलको मान्यता दिन दवाव दिएका थिए । तर, सभामुख यादवले एमालेले सरकारलाई मतदान गरेकाले कांग्रेसलाई प्रतिपक्ष दलको मन्यता दिएको जनाएका छन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Gyanendra Kathayat

    मधेस लाई पछाडी पार्ने मधेसी नेतानैहुन साला बिहारी चोर हरु

    Comment Author

    Arjun Bista

    Dhoti ma rako balnnu parxa

    Comment Author

    Coomal Sanzoo

    जता हेरे पनि भ्रष्टाचार मात्रै किन कारवाहि हुदैन यस्तो भ्रष्टटारिलाइ

    Comment Author

    Bhakta Bdr Sodari

    Vastachari lai Hadahi Sammako Karbahi Gar ,Mahila Mathi Vayako Hatpat Garne ka Tatekal Karbahi Gar.

    Comment Author

    Singh Radheshyam

    Bherstachari heru lai karwai gernu perx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?