युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०८०
|
|
२८ पटक हेरिएको
Shares
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते

सारांश

  • काठमाडौं।
  • रुसले युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो क्षेप्यास्त्र प्रयोग गरी बमबारी गरेको छ ।
  • बमबारीमा परी ३० जना युक्रेनी मारिएका छन् ।

काठमाडौं। रुसले युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो क्षेप्यास्त्र प्रयोग गरी बमबारी गरेको छ । बमबारीमा परी ३० जना युक्रेनी मारिएका छन् ।

रुसले स्थानीय समय अनुसार शुक्रबार बिहानैदेखि युक्रेनको राजधानी किभका साथै अन्य शहरहरु ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र लभिभमा गरेको आक्रमणमा १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् ।

रुसले सबै प्रकारणका हतियारको प्रयोग गरेको युक्रेनको भनाइ छ । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले रुसले व्यक्तिका घर र प्रसुति अस्पतालमा समेत आक्रमण गरेको बताउनु भयो । रुसले एकैपटक यति धेरै क्षेप्यास्त्र प्रक्षेपण गरेको कहिल्यै नदेखेको युक्रेनी वायुसेनाले जनाएको छ ।

हालैका केही महिनायता किभको वायु प्रतिरक्षामा ठूलो सुधार भएको मानिन्छ । तर हिजो एकैपटक ठूलो संख्यामा गरिएको आक्रमणको भने युक्रेनले प्रतिरक्षा गर्न सकेन । हिजोको आक्रमणमा रुसले हाइपरसोनिक, क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको युक्रेनको भनाइ छ ।

यति धेरै क्षेप्यास्त्र एकैपटक रोक्न सक्ने प्रविधि आफूहरुसँग नभएको युक्रेनी वायुसेनाले जनाएको छ । यसका बाबजुद पनि १ सय ५८ मध्ये १ सय १४ वटा क्षेप्यास्त्र भने खसालेको युक्रेनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन
मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी
जेलबाट छुटेको केही महिनामै यसरी बुनियो वसन्त पौडेलको हत्या योजना !
जेलबाट छुटेको केही महिनामै यसरी बुनियो वसन्त पौडेलको हत्या योजना !
ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
राजपाको पदाधिकारी बैठक सुरु, महाधिवेशनको मिति तोक्ने
राजपाको पदाधिकारी बैठक सुरु, महाधिवेशनको मिति तोक्ने
भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने
भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने

तपाईंले छुटाउनुभयो कि?