डा. केसी र सरकारबीच सहमति, केसीले तोडे २० औँ अनशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
डा. केसी र सरकारबीच सहमति, केसीले तोडे २० औँ अनशन

सारांश

  • काठमाडौं ।
  • विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा.
  • गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।

काठमाडौं । विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच १० बुँदे सहमति भएसँगै डा. केसीले अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।

वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । सहमति भएसँगै डा. केसीले अनशन तोडेका छन् ।

७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिरमा २० औँ अनशन सुरु गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?