जेलबाट छुटेको केही महिनामै यसरी बुनियो वसन्त पौडेलको हत्या योजना !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जेलबाट छुटेको केही महिनामै यसरी बुनियो वसन्त पौडेलको हत्या योजना !

सारांश

  • काठमाडौँ, माघ ७ ।
  • व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।
  • पक्राउ पर्नेहरुमा नवलपरासीका पदम चौधरी र सुनसरीका महिनानारायण चौधरी रहेका छन् ।

काठमाडौँ, माघ ७ । व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासीका पदम चौधरी र सुनसरीका महिनानारायण चौधरी रहेका छन् ।

प्रहरीले पत्रकार सम्मेलन गरेर पदमलाई प्रहरीले पोखरा र महिनानारायणलाई चितवनबाट पक्राउ गरेको जानकारी दिएको छ । पौडेल रुपन्देही देवदहका काठ मिलका व्यवसायी हुन् ।

गत पुस २१ गते मिलमा आगो तापेर बसिरहेका पौडेललाई बाइकमा आएका दुई जनाले गोली हानेर भागेका थिए । काठको अर्डर गर्नु छ भन्दै आएका उनीहरुले पौडेलमाथि गोली प्रहार हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका महिनारायणले मोटरसाइकल चलाएका थिए । महिनारायणले पहिले पेस्तोल देखाएपनि, तर गोली भने पछाडी बाइकलमा बस्नेले हानेको हो ।

पक्राउ परेका चौधरी ७ महिना अगाडि मात्र कारागारबाट निस्किएका हुन् । चौधरी विभिन्न अपराधिक गतिविधिमा सामेल भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

उनी दुवै जना पाल्पा कारागारमा सँगै कैद भुक्तान गरेका हुन् । पदम गत भदौमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरी छुटेका थिए । दुवैको उमेर ३६ वर्ष पुगेको छ ।

प्रहरीको अनुसन्धानमा पदमले घटनामा प्रयोग भएको बाइक र र हतियार व्यवस्थापन गरेको देखिएको छ । पदमको साथबाट प्रहरीले तीनवटा पेस्तोल समेत बरामद गरेको छ ।

प्रहरीले पक्राउ गरेका दुबै जना गुन्डा नाइके मनोज पुन समूहका भएको अनुसन्धानमा देखिएको बताएको छ । दुवै जनालाई घटना गराए बाफत ३ लाख ५० हजार रुपैयाँ ‘सुपारी’ दिने सहमति भएको थियो । उनीहरुको साथबाट सुपारी बापत लिएको ९९ हजार रुपैयाँ समेत प्रहरीले बरामत गरेको छ ।

गत वर्ष पुस ४ गते एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्तको रुपमा पुन प्रहरीको खोजी सूचीमा छन् । त्यस्तै गत असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि पुनको संलग्नता देखिएको प्रहरीको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?