यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा

सारांश

  • चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक(अर्काविरुद्ध खनिन थालेका छन् ।
  • जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् ।
  • एकले(अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन् ।

चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक(अर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् ।

एकले(अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन् ।

एमाले(माओवादीले पार्टी एकताको सैद्धान्तिक सहमति गरी चुनावी तालमेल गरेसँगै दुई धु्रवीय राजनीतिमा विभाजित वामपन्थी र लोकतान्त्रिक शक्तिबीच आरोप(प्रत्यारोप हुन थालेको हो । चुनावको मुखमा मतदातालाई प्रभावमा पार्न दलहरू हदैसम्मका आरोप(प्रत्यारोपमा उत्रिएको बुझाइ मनोविश्लेषकको छ ।

मनोविश्लेषक प्रोफेसर डा.शिशिर सुब्बा ५०÷६० वर्षअगाडिको जस्तो राजनीति अहिले नरहेको र मतदातालाई प्रभावित गर्न उत्तेजित भाषण गर्ने शैली विकास हुँदै गएको बताउँछन् ।

‘अहिले आइडियोलोजी (विचार) कुरैमा सीमित छ, सर्वसाधारणलाई साथ लिन दलका नेताले जे पनि बोल्न थालेका छन्,’ उनले अन्नपूर्णसँग भने, ‘पढे(लेखेका, विद्वता भएका मान्छेको समूह सानो छ । धेरै मतदाता न्युट्रल छन्, उनीहरूलाई पक्षमा तानेर कसरी चुनाव जित्ने भन्नेमै छन्, सडकको डिमान्ड पनि त्यस्तै छ । त्यसैले नेता उत्तेजित शैली र छुद्र भाषामा सडक तताउन खोज्छन् ।’

भाषणमा मात्रै होइन, चुनावी घोषणापत्रमै पनि दलहरू एक(अर्को पार्टीविरुद्ध खनिएका छन् । कांग्रेसले वाम गठबन्धन मुलुकका लागि अनिष्ट भएको, कम्युनिस्टले अधिनायकवादी व्यवस्था ल्याई सर्वसत्तावाद लाद्न खोजेको जस्ता आरोप घोषणापत्रमै लगाएको छ ।

उता, वाम गठबन्धन ९एमाले(माओवादी० ले पनि आफ्नो चुनावी घोषणापत्रमा कांग्रेसलाई यथास्थितिवादी, पश्चगामी शक्तिका रूपमा चिनाउन खोजेको छ ।राजनीतिक विश्लेषक लोकराज बराल कांग्रेसले अहिले वाम गठबन्धनलाई सर्वसत्तावादी भनी लगाउँदै आएको आरोप ‘चुनावी अस्त्र’ र एमाले(माओवादीले लामो समयसम्म कांग्रेसविना शासन चलाउने भनी दिएको अभिव्यक्ति अतिशयोक्तिपूर्ण भएको बताउँछन् ।

‘अहिले नेपालमा न कम्युनिस्टले सर्वसत्तावाद लाद्न सक्छन् न कांग्रेस नै पछाडि फर्केर जान सक्छ । यस्तो बेला कांग्रेसले वाम गठबन्धनलाई लगाउने आरोप चुनावी अस्त्र मात्र हो । एमाले(माओवादीले कांग्रेसलाई सरकारमा आउनै दिन्नौं भन्नु पनि अतिशयोक्ति हो,’ बरालले  भने ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Raju Sth

    कति गाली गर्छौ अरु लाई पगाल

    Comment Author

    Shyam Shubham Giri

    अगिल्लो जूनिमा कूकूर थियो होला यो ऊखाने मान्छे देख्यो की भूकी हाल्नि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागरथीको बलात्कारपछि हत्या गर्ने पक्राउ, भोली सार्वजनिक गर्ने तयारीमा प्रहरी
भागरथीको बलात्कारपछि हत्या गर्ने पक्राउ, भोली सार्वजनिक गर्ने तयारीमा प्रहरी
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले  ‘पपुलर’ मत ल्याउने,
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ‘पपुलर’ मत ल्याउने,
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
फागुन २७ गते शुक्रवारको राशिफल यस्तो छ
फागुन २७ गते शुक्रवारको राशिफल यस्तो छ
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
एक अर्ब ८८ करोडकाे  साधारण शेयर बिक्रीका लागि अनुमति
एक अर्ब ८८ करोडकाे साधारण शेयर बिक्रीका लागि अनुमति
लकडाउनलाई निरन्तरता दिने निर्णय
लकडाउनलाई निरन्तरता दिने निर्णय
अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु
अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु
बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस
बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस