रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
२३ पटक हेरिएको
Shares
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

सारांश

  • भ्लादिभोस्टक ।
  • रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।
  • तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भ्लादिभोस्टक । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०ः०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो ।

उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?