महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
५२ पटक हेरिएको
Shares
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्

सारांश

  • चितवन,  १ भदाै ।
  •  चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले वार्षिक समीक्षा गोष्ठीमा सहभागी नभएर उपप्रमुखसहित नेपाली काँग्रेसका जनप्रतिनिधिले गलत गरेको बताएकी छन् ।
  • समीक्षा बैठकमा काँग्रेसबाट विजयी जनप्रतिनिधिको अनुपस्थितिबारे सोधिएको प्रश्नमा उनले यस्तो बताएकी हुन् ।

चितवन,  १ भदाै । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले वार्षिक समीक्षा गोष्ठीमा सहभागी नभएर उपप्रमुखसहित नेपाली काँग्रेसका जनप्रतिनिधिले गलत गरेको बताएकी छन् । समीक्षा बैठकमा काँग्रेसबाट विजयी जनप्रतिनिधिको अनुपस्थितिबारे सोधिएको प्रश्नमा उनले यस्तो बताएकी हुन् ।

आफैँले निर्धारण गरेको कार्यक्रममा आफैँ अनुपस्थित भएर उपप्रमुख पार्वती शाह ठकुरीले राजनीतिक सँस्कार विपरीतको काम गर्न पुगेको महानगर प्रमुख दाहालको भनाइ छ । उनले भनिन्, ‘बिहीबार पूर्वनिर्धारित कार्यक्रम थियो । कार्यापालिका बैठकको निर्णय बमोजिम उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको छलफल बमोजिम ३१ गते दिउँसो १ बजेलाई समीक्षा बैठकको मिति तय गरिएको थियो ।

बिहान करिब १० बजेतिर समीक्षा गोष्ठीमा उपप्रमुख लगायत काँग्रेसका जनप्रतिनिधिहरू सहभागी नहुने भन्ने अपुष्ट जानकारी आयो ।’ आफैंले तय गरेको कार्यक्रममा उपप्रमुख आफैं नआउने भन्ने हल्लाले आफूलाई आश्चर्यमा पारेको बताउँदै प्रमुख दाहालले भनिन्, ‘लगत्तै मैले वडा अध्यक्षहरूलाई सम्पर्क गरेँ । काँग्रेस जिल्ला पार्टी सभापतिलाई सम्पर्क गरेँ । उहाँहरूले आफूहरू छलफल गरेर कार्यक्रममा सहभागी हुने बताउनु भयो । अन्य केही वडा अध्यक्षहरूलाई पनि सम्पर्क गरेँ ।

उहाँहरूले पनि कार्यक्रममा किन नआउने भनेर उल्टै प्रतिप्रश्न गर्नुभयो । हामी कार्यक्रम स्थलमा पुग्यौँ । केही समय कुर्यौ । तर समीक्षा गोष्ठीमा नेपाली काँग्रेसका साथीहरू उपप्रमुख र वडा अध्यक्षहरूको सहभागिता देखिन । पुनः सम्पर्क गरेँ, उहाँहरूले आउँदै छौँ भन्नुभयो तर आउनु भएन । उहाँहरु यसरी गोष्ठीमा सहभागी नहुनु पर्ने कारण केही थिएन । उहाँहरु किन आउनु भएन रु म आश्चर्यमा परेकी छु ।’

‘सामाजिक सञ्जाल र मिडियाहरूमा महानगर प्रमुखको स्वेच्छाचारिता, दम्भ बढेको भन्दै उपप्रमुख र वडा अध्यक्षहरूको हवाला दिएर समाचारहरू सम्प्रेषण भएको देखेँ । यसले मलाई चकित तुल्याएको छ’ महानगर प्रमुख दाहालले भनिन् । त्यस्तो कार्य आफूबाट भएको भए प्रमाणित गर्न आग्रह गर्दै महानगर प्रमुख दाहालले भनिन्,‘बितेको एक बर्ष हामी महानगरका सम्पूर्ण जनप्रतिनिधिहरू एउटै परिवारजस्तो भएर काम गरिरहेका थियौँ । सबै काम सामूहिक छलफलबाट गर्ने गरेका थियौँ । आजको व्यवहारले मलाई दुःख लागेको छ । यो अत्यन्तै दुःखद छ । हामी नियमित छलफल गर्छौं । बैठकमा केही भन्नु भएन । बाहिर बाहिर यस्ता अनावश्यक कुरा हुन्छ । यस्तो तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन ।’

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?