नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
  • आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए । 

आज सार्वजनिक गरिएकामा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौँ मूलपानी बस्ने २८ वर्षीय मनोज खत्री, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक कमलामाई नगरपालिका–९ घर भई हाल मूलपानी बस्दै आएका २८ वर्षीय गौरब तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ बस्ने २७ वर्षीय मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षीय सुमन नगरकोटी, सिन्धुली कमलामाई नगरपालिका–७ घर भई कोटेश्वर बस्ने ४० वर्षीय लेखविक्रम थापा रहेका छन् ।

यसैगरी, रामेछाप मजुवा गाउँपालिका–३ गाघर भई मूलपानी बस्ने २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेवी नगरपालिका–२ घर भई हाल काठमाडौँ मुलपानी बस्ने २० वर्षीय मनिष खत्री र सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई हाल काठमाडौँ मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की रहेका छन् । पक्राउ परेका विनोद कार्कीको थलीस्थित कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी गर्ने गरेको तथा उनीहरुले आन्तरिक राजश्व कार्यालय अन्तःशुल्कका ‘स्टिकर’हरु समेत  नक्कली बनाएर प्रयोग गर्ने गरेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख राठोरले बताए । 

उनले भने, “नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि हामीले खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा, मदिरा बनाउन प्रयोग गर्ने समानहरु, अन्तःशुल्कका नक्कली स्टिकर, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद गरेका छौँ ।” पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जानकारी पनि उनले दिए ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?