महिला र ऊर्जाको सवालमा जोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
महिला र ऊर्जाको सवालमा जोड

सारांश

  • निजगढ, बारा, ३० चैत, महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ ।
  • वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन तथा ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल(ओनी)द्वारा यहाँ आयोजित महिलाका लागि नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
  • खाना पकाउने, दाउरा संकलन गर्ने, विद्युतीय उपकरणको प्रयोगदेखि विद्युत् महसुल तिर्नेलगायतका कार्यमा महिलाको सहभागिता बढी रहने भएपनि त्यसको सही उपयोग, किफायती तथा सुरक्षित रुपमा प्रयोगसम्बन्धी ज्ञानको अभाव र नीति निर्माण तहमा महिलाको सहभागिता नहुँदा ऊर्जा क्षेत्रमा अनेक समस्या आएको वक्ताहरुको भनाइ थियो ।

(www.stocktargetadvisor.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?