विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित
सारांश
- नेपाल युएईसँग पराजित काठमाडौं।
- फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ।
- साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रंगशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो।
नेपाल युएईसँग पराजित
काठमाडौं। फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ। साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रंगशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो।
युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो। युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे।
अल्मुशरखले खेलको १२औं र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औं र अब्बासले ७५औं मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो। जितसँगै पाँच जितका साथ युएईले १५ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ। पाँच वटै खेलमा पराजिति नेपाल भने अंकबिहीन छ। नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया