चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
२९३ पटक हेरिएको
Shares
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!

सारांश

  • तामाङ समुदायले आज टुँडिखेलमा विशेष  कार्यक्रम गरी सोनाम ल्होसार पर्व  मनाएका छन  ।
  •  हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
  • बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुंगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवं तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्ण कुमार लामाले जानकारी दिनुभयो ।

तामाङ समुदायले आज टुँडिखेलमा विशेष  कार्यक्रम गरी सोनाम ल्होसार पर्व  मनाएका छन  । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुंगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवं तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्ण कुमार लामाले जानकारी दिनुभयो ।

यसवर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइको छ  । स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले आज बौद्धका चार ढोका खोलिएको थियो र ती सबै ढोकाबाट दर्शन गर्न दिएको पनि  थियो ।

सोनाम ल्होसारका अवसरमा तामाङ समुदायले काठमाडौंको टुडिखेलमा वर्सेनिझैं यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाएक छन । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला, संस्कृति लगायतको प्रदर्शन गर्ने गरिन्छ । नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । सोनाम ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुभएको थियो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

समिप गौतम
शिखरन्युज, सम्बादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?
खेलाडीबाट मालिक बन्ने पहिलो व्यक्ति डेविड बेकह्या: घोषणा गरे एमएलएस टिम
खेलाडीबाट मालिक बन्ने पहिलो व्यक्ति डेविड बेकह्या: घोषणा गरे एमएलएस टिम
न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित
न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन
माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
नेकपाको जिल्लामा एकीकरण यसरी शुरु भयो
नेकपाको जिल्लामा एकीकरण यसरी शुरु भयो
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

तपाईंले छुटाउनुभयो कि?