संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
सारांश
- काठमाडौं, ३२ असार ।
- सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु गरेको निष्कर्ष निकाल्दै धर्ना तथा प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीहरुलाई सोमवार पनि प्रहरीले गिरफ्तार गरेको छ ।
- संसद भवन अगाडि प्रदर्शनमा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, ३२ असार । सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु गरेको निष्कर्ष निकाल्दै धर्ना तथा प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीहरुलाई सोमवार पनि प्रहरीले गिरफ्तार गरेको छ । संसद भवन अगाडि प्रदर्शनमा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारले तानाशाही प्रवृत्ति देखाएको भन्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीहरु योसँगै तेस्रोपटक पक्राउ परेका हुन् । प्रदर्शनबाट प्रहरीले मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेणुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेललगायत दुई दर्जनभन्दा मानवअधिकारकर्मीहरु पक्राउ परेको शान्ति समाजले जनाएको छ ।
प्रदर्शनका क्रममा सत्याग्रहीको जीवन रक्षा गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर भन्ने नारा लगाएका थिए । स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, अपराधीलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया