याैन शक्ति बढाउन सर्पकाे मासु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ?
  • सर्पको मदिराको एकदुई घुट्की नि ?
  • नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला ।

के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला ।तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ । जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ ।

त्यसपछि सफा गरेर, काटकुट पारेर भुटिन्छ र लेमन ग्राँस र खोर्सानीसहित पस्किइन्छ । एक स्थानीयले आफूलाई सर्पको मासु निकै मनपर्ने बताउँछन् । उनी भन्छन्, ‘सर्पको मासु स्वादिष्ट हुन्छ । मलाई धेरै मनपर्छ । सर्पको मासु खाँदा हामीले सर्पको रगत, पित्त वा मुटुसँग मदिरा पिउनै पर्छ । ’

सर्पको छालादेखि केही पनि खेर जाँदैन । सर्पको मासु र रगतले यौनशक्ति बढाउँछ भन्ने मान्यता छ । तर ५० वर्ष माथिका पुरुषले मात्र पिउनुपर्ने बताइन्छ । कम उमेरमा मान्छेमा भने यसले नपुंसकता हुनसक्ने त्यहाँका स्थानीय बताउँछन् ।

स्थानीय मानिसहरु भन्छन्, ‘सर्पको मासुले टाउको दुखेको निको हुन्छ । खाएको पच्छ र हड्डी बलियो हुन्छ ।’ तर सर्प मार्दा जङ्गलको इकोसिस्टम बिग्रन्छ । फोर् पज् इन्टरनेशनलकी इयोना डुङ्ग्लेर भन्छिन्, ‘यी जीवबाट खाने र पिउने पदार्थ बनाउने पूरै प्रक्रिया धेरै कष्टप्रद छ । र यो जेका लागि गरिन्छ त्यो युक्तिसंगत छैन ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक
जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
केही तत्वले आन्दोलनलाई उत्तेजक बनाउन खोजे : सरकार
केही तत्वले आन्दोलनलाई उत्तेजक बनाउन खोजे : सरकार
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा