एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?

सारांश

  • काठमाडौं।
  • गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन्।
  • भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन्।

काठमाडौं। गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन्। भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन्।

उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ-‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे।’

विवाहपछि अस्ट्रेलिया पुगेकी गायिका एलिना चौहानले रुँदै बनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि फ्यानहरू तरंगित भएका छन्।

सांगीतिक करिअर उत्कर्षमा रहेको बेला पतीसँग अस्ट्रेलिया भासिएकी एलिनाका पछिल्ला दुखी खालका पोस्टहरूले फ्यानहरू कौतुहलमा छन्। उनले भिडिओ इन्स्टाको रीलमा राखेकी छिन्।

अनुहारमा राता ‘डामहरू’ देखाएर रोइरहेकी उनको पछिल्लो भिडिओ सत्य हो वा भाइरल हुन रचिएको नाटक हो भन्दै फ्यानहरू सोधखोज गरिरहेका छन्।

खासमा उनले अभिनय गरेर बनाएको भिडिओ हुनसक्छ। अनुहारका डामहरू नक्कली हुन सक्छन्। तर, एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ले त्यसलाई शंका दिएको छ।

भिडिओमा लेखेकी छिन्, ‘एक सच्चा मानिसले तपाईंलाई रिसाए पनि सम्मान गर्नेछ। याद राख्नुहोस्’

एलिनाले कसलाई ईंगित गरेर लेखेकी हुन् भन्ने प्रस्ट छैन। कमेन्टमा कतिपयले श्रीमान्-श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन्। यसअघि उनीहरुबीच ब्रेकअप भएको हल्ला थियो, जुन एलिनाले स्विकारेकी थिइनन्। पछि वैशाखमा बिहे भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?