कपिलवस्तुको बाणगंगामा महिलाको हत्या, शब तौलिहवा लगियो
सारांश
- काठमाडौं ११,फागुन ।
- कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको गाेली हानी हत्या भएको छ।
- वाणगंगा नगरपालिका ४ कुवेरापुरकी अनिता पौडेलको हत्या भएको प्रहरीले जनाएकोछ ।
काठमाडौं ११,फागुन ।कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको गाेली हानी हत्या भएको छ।वाणगंगा नगरपालिका ४ कुवेरापुरकी अनिता पौडेलको हत्या भएको प्रहरीले जनाएकोछ ।
हत्या भएको अबस्थामा भेटिएकी पौडेलको हत्याको कारण खुल्न नसकेको र अनुसुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।
स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने अनुमान छ । जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ ।
हत्या भएकी महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको पुडासैनीले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया