एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले गरे आत्महत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले गरे आत्महत्या

सारांश

  • रुपन्देही।
  • रुपन्देहीको देवदहमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन्।
  • रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन्।

रुपन्देही। रुपन्देहीको देवदहमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन्।

रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन्।

शुक्रबार दिउँसो देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल बस्ने १७ वर्षीय पूजा न्यौपानेले झुण्डिएर आत्महत्या गरेको र प्राम्भिक कारण दुवै जना एसईई अनुतिर्णनै देखिएको देवदह प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले बताए।

गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको नेपालीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?