सरकार र डाक्टर केसीबीचको छलफल सकारात्मक, आज अर्को वार्ता हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सरकार र डाक्टर केसीबीचको छलफल सकारात्मक, आज अर्को वार्ता हुँदै

सारांश

  • शिखरन्युज, ९ असार ।
  • २६ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीसँग औपचारिक वार्ता भएको छ ।
  • मंगलबार रातिसम्म भएको वार्ता सकारात्मक भएपछि आज बुधबार फेरि छलफल हुने तयारी छ ।

शिखरन्युज, ९ असार । २६ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीसँग औपचारिक वार्ता भएको छ । मंगलबार रातिसम्म भएको वार्ता सकारात्मक भएपछि आज बुधबार फेरि छलफल हुने तयारी छ ।

चिकित्सा शिक्षा विधेयकलाई संसदभित्रैबाट टुंगो लगाउने र विधेयक संशोधनका क्रममा डा. केसीले उठाएका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको छ । आज दुबै पक्षबीच सहमति हुने सम्भावना छ ।

मन्त्रिपरिषदबाट गठित सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको थियो । डाक्टर केसीले उठाएका मागका सम्बन्धमा छलफल भई धेरै माग दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको वार्तापछिको विज्ञप्तिमा उल्लेख छ । डाक्टर केसीको तर्फबाट डा. अभिषेकराज सिंह र सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले संयुक्त विज्ञप्ति जारी गर्दै सकारात्मक भएको स्पष्ट गरेका छन् ।

यसअघि विधेयक फिर्ता लिनुपर्ने माग केसी पक्षको थियो भने सरकार फिर्ता नलिने र संशोधनको प्रक्रियामा पनि नजाने अडानमा थियो । ‘वार्ता सकारात्मक भएको छ, स्थिति ब्रेक थ्रु हुने विन्दुमा पुगेको छ’ डा. केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले भनेका छन् ।

अहिले बिहान ९ बजे फेरि बैठक बसी थप विषय टुंगो लगाउने बताइएको छ । डाक्टर केसीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ भन्दा बढीलाई सम्बन्धन दिन नपाउने, छात्रवृत्तिको कोटा ७५ प्रतिशत हुनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?