प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् ।
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्रतियोगिताको सफलताको कामना गरे ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्रतियोगिताको सफलताको कामना गरे । उनले आफू प्रधानमन्त्री भएको दोस्रो कार्यकालमा भलिबल खेललाई राष्ट्रिय खेलकुदका रुपमा घोषणा गरेको स्मरणसमेत गरे ।

उनले भने, “भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गर्ने मौका मैले नै प्राप्त गरेको थिएँ, आज ६ वर्षपछि आफ्नो तेस्रो कार्यकालमा फेरि महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्न पाउँदा धेरै खुसी र गर्व महसुस गरेको छु ।”

प्रधानमन्त्री दाहालले आयोजक टोलीलाई बधाई दिँदै सहभागी राष्ट्रको नेपाल बसाइ सुखद र सफल रहोस् भन्ने शुभकामनासमेत प्रदान गरे ।

प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान गरी आठ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । उक्त प्रतियोगिता यही जेठ १४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?