युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २७, २०८१
|
|
२२ पटक हेरिएको
Shares
युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का

सारांश

  • काठमाडौं।
  • इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ।
  • आज बिहान डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले नेदरल्याण्ड्सलाई २-१ गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो।

काठमाडौं। इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। आज बिहान डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले नेदरल्याण्ड्सलाई २-१ गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो।

जाभी सिमोन्सले सातौं मिनेटमै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए। इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए।

इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टीमार्फत खेलमा बराबरी गर्‍याे। डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए।

तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्‍याे। ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले। कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाएका थिए।

इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ। स्पेनले गएराती सम्पन्न पहिलो सेमीफाइनलमा फ्रान्स विरुद्ध २-१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?