एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए

सारांश

  • काठमाडौं ।
  • एक वर्षअघि मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचन र युवा संघका नेता दुर्गा तिवारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्रेको छ ।
  • २०७४ असोज २३ गते दिउसो गौचनलाई बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

काठमाडौं । एक वर्षअघि मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचन र युवा संघका नेता दुर्गा तिवारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्रेको छ ।

२०७४ असोज २३ गते दिउसो गौचनलाई बानेश्वरमा गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न भएको भन्दै महानगरीय अपराध महाशाखाले झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौंका रोशन बुढाथोकी, उदयपुरका अम्बरबहादुर रानालाई पक्रेको हो । प्रहरीले झापाको सीमानाबाट राना, लोप्साङ र बुढाथोकीलाई पक्रेको हो ।

लामा र गौचनको सुटर राना तीनवर्षअघि इलामबाट भागेका नेपाली सेनाका सिपाही हुन् । पक्राउ परेका तीनजना कारागारमा रहेका समिरमानसिंह बस्नेत, प्रहरी मुठभेडमा मारिएका मनोज पुनको निर्देशनमा काम गरी ज्यान मान उद्योगमा रहेको प्रहरीको दाबी छ ।

महाशाखाले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र गौचन हत्यामा संलग्नलाई पक्राउ गरेको बताएको छ । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख धीरजप्रताप सिंहले गौचन हत्याका सुटरको रुपमा अम्बरबहादुर राना, तिवारीको हत्याको सुटरका रुपमा लोप्साङ रहेको अनुसन्धानमा खुलेको दाबी गरे ।

२०७३ सालको चैतमा बौद्धको दिव्य पार्टी प्यालेसको जिम क्लवअघि दावा लामालाई गोली हान्ने अम्बरबहादुर राना रहेको अनुसन्धानमा खुलेको उनले बताए ।

(https://mrbonespumpkinpatch.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन  उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
चितवन उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
प्रदेश सभामा समानुपातिकका सम्भावित सांसद (नामावलीसहित)
प्रदेश सभामा समानुपातिकका सम्भावित सांसद (नामावलीसहित)
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने
चिनियाँ प्राध्यापककाे नेपाललाइ प्रश्नः उत्तर कोरिया बन्ने कि अमेरिका, जापान?
चिनियाँ प्राध्यापककाे नेपाललाइ प्रश्नः उत्तर कोरिया बन्ने कि अमेरिका, जापान?
सन्दीपले लिए ६ विकेट, अमेरिका३५ रनमै स्तब्ध
सन्दीपले लिए ६ विकेट, अमेरिका३५ रनमै स्तब्ध
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
यी हुन् भावी आइजिपीको लाइनका दुइजना, ११ एसएसपीको डिआइजी बढुवा

तपाईंले छुटाउनुभयो कि?