आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

सारांश

  • काठमाडौं।
  • वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन्।
  • ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

काठमाडौं। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ।

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ। यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ।

यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मंगलबार निकाल्ने गरिन्छ। यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृंगार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुग्ने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु
आईजिपी खनालको दाबी : निर्मला प्रकरणमा नेपाल प्रहरी चुकेको छैन् (भिडियोसहित)
आईजिपी खनालको दाबी : निर्मला प्रकरणमा नेपाल प्रहरी चुकेको छैन् (भिडियोसहित)
सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि
सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि
विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा
विश्वकप क्रिकेटः भारतको नजर सेमिफाईनल, इंग्ल्याण्ड ‘गर या मर’को स्थितिमा
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
मेलम्चीको पानी प्रशोधन केन्द्रको परीक्षण सफल
मेलम्चीको पानी प्रशोधन केन्द्रको परीक्षण सफल
प्रधानमन्त्री ओलीको भारत भ्रमणपछिमात्रै पार्टी एकता हुने !

तपाईंले छुटाउनुभयो कि?