भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, ३ भाद्र ।
  • भारतमा सन् २०२० को अन्तसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन भई प्रयोग हुने भएको छ ।
  • यसै वर्षको डिसेम्बरभित्र भारतीय जनताले भ्याक्सिन लगाउन पाउने भएका छन् ।

एजेन्सी, ३ भाद्र । भारतमा सन् २०२० को अन्तसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन भई प्रयोग हुने भएको छ । यसै वर्षको डिसेम्बरभित्र भारतीय जनताले भ्याक्सिन लगाउन पाउने भएका छन् ।

आज टाइम्स अफ इन्डियाले भारतको बजारमा सन् २०२० भित्र नै भ्याक्सिन प्रयोगमा आइसक्ने खबर छापेको छ । भारतभित्र नै उत्पादित र बाह्य मुलुकमा पत्ता लागेका भ्याक्सिनहरु पनि प्रयोगमा आउनसक्ने उल्लेख छ ।

पुणेस्थित सेरम इन्स्टिच्युट भारतभित्र भ्याक्सिन विकास गर्ने पहिलो कम्पनि हुने जनाइएको छ । सेरमले बेलायतको एस्ट्राजेनेकासँग मिलेर अक्सफोर्ड भ्याक्सिन विकास गरिरहेको छ ।

सेरमले दोस्रो र तेस्रो चरणको भ्याक्सिनको मानव परीक्षण शुरु गरिरहेको छ । १८ वर्ष माथिका १६ सय मानिसहरुमा भ्याक्सिनको परीक्षण शुरु गरिएको छ ।

भारतमा अन्य भ्याक्सिनको पनि विकास भइरहेको छ । भारत बायोटेक कोभ्याक्सिन र जिडस क्याडिलाजको जिकोभ डिको पहिलो र दोस्रो चरणको परीक्षण चलिरहेको छ । ती कम्पनिहरुले एक हजार देखि ११ सय मानिसमाथि परीक्षण गरिरहेका छन् ।

अक्सफोर्ड भ्याक्सिनको दोस्रो चरणको परीक्षण बेलायतमा सकिएको छ । यसले सकारात्मक नतिजा दिएको बुझिएको छ ।

सेरम कम्पनिले विभिन्न संस्थाहरुसँग मिलेर भ्याक्सिन विकास गर्ने र उत्पादनको तयारीमा लागेको छ । सेरम विश्वमा सबैभन्दा ठुलो परिमाणमा भ्याक्सिन उत्पादन गर्ने कम्पनि हो ।

भारतीय जनताले सन् २०२० भित्र भ्याक्सिन लगाउन पाउने भएपछि तीनतर्फ सीमा जोडिएको नेपालले पनि चाँडै पाउनेसक्ने सम्भावना रहेको छ । खुल्ला सीमाका कारण सहज आवतजावत भएकाले भारत कोरोनामुक्त हुन नेपाल पनि कोरोनामुक्त हुनु अनिवार्य हुन्छ । त्यसकारण पनि भारतमा कोरोना भ्याक्सिनको प्रयोग भएसँगै नेपालमा पनि हुनसक्ने सम्भावना छ । यसका लागि सरकारी तहबाट हुने पहल र तदारुकता पनि महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब १६ लाख
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो- मन्त्री बाँस्कोटा
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो- मन्त्री बाँस्कोटा
देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल
देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस
नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस
नेपाल आइडलका विजेता बुद्ध लामालाई कार प्रदान !
नेपाल आइडलका विजेता बुद्ध लामालाई कार प्रदान !
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने
मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने
तनहँ–१ मा कांग्रेस नेता पौडेलभन्दा गठबन्धनका श्रेष्ठ अगाडि
तनहँ–१ मा कांग्रेस नेता पौडेलभन्दा गठबन्धनका श्रेष्ठ अगाडि
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?