मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
सारांश
- कपिलवस्तु,३० असोज ।
- दुई खरिदारलाई प्रहरीले ६ हजार घुस रकमसहित पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी रहेका छन् ।
कपिलवस्तु,३० असोज । दुई खरिदारलाई प्रहरीले ६ हजार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी रहेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले २९ असोजमा पक्राउ गरेको हो ।
उनीहरुले जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया