स्थानीय तह निर्वाचन : कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी तेस्राे दल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ।
  • हाल सम्म नेपाली कांग्रेसले सबै भन्दा धेरै पालिकाहरुमा जित निकाल्दै अग्रस्थानमा रहेको छ।

काठमाडौं।बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ।हाल सम्म नेपाली कांग्रेसले सबै भन्दा धेरै पालिकाहरुमा जित निकाल्दै अग्रस्थानमा रहेको छ।

कांग्रेसले हाल सम्म १२६ स्थानीय तहमा जित निकालिसकेको छ भने १८१ स्थानमा अग्रता लिइरहेको छ। कांग्रेस पछि नेकपा एमालेले ६७ स्थानमा जित निकालिसकेको छ भने ११८ स्थानमा अग्रता लिइरहेको छ।तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।

हाल सम्म माओवादीले ५१ पालिकामा जित्दै ५३ स्थानमा अग्रता लिएको छ।नेकपा (एकीकृत समाजवादी पार्टी)ले ४ स्थानमा जित निकाल्दै १७ स्थानमा अग्रता लिइरहेको छ। जनता समाजवादी पार्टी(जसपा)ले ३ स्थानमा जित निकालेर २७ स्थानमा अग्रता लिइरहेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले हाल सम्म खाता खोल्न सकेको छैन तर ११ स्थानमा अग्रता लिइरहेको छ। अन्यले ८ स्थानमा जितेर २३ स्थानमा अग्रता लिइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?