बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १६, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन्।
  • सो संगठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन्।

सो संगठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताएका हुन्।

नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, “बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ। धनी पूर्जाविना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संगठनकै नाममा ल्याइनुपर्छ।’

प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे। “बाल संगठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाए सरह सुविधा पाउनुपर्छ। उनीहरु स्वस्थ्य हुनुपर्छ। उचित शिक्षा र मायाा पाउनुपर्छ। त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ।’

संगठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट संगठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए। हाल सो संगठनको आश्रयमा करिब तीन सय बालबालिका रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी स्थापना दिवसमा भोलि बैशाख ९ मा के भन्लान् ओली र प्रचण्डले ?
पार्टी स्थापना दिवसमा भोलि बैशाख ९ मा के भन्लान् ओली र प्रचण्डले ?
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
उत्तर कोरियालाई ट्रम्पको चेतावनीः गलत कदम चाले सैनिक समाधानको बाटो तयार छ
उत्तर कोरियालाई ट्रम्पको चेतावनीः गलत कदम चाले सैनिक समाधानको बाटो तयार छ
सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग
सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग
1xBet Azerbaycan Yükle Mobil Az Indir Android iOS NEXT GEN BUSINESS SOLUTION
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
सुनसान बन्दै कृषि ज्ञान केन्द्र
सुनसान बन्दै कृषि ज्ञान केन्द्र
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ

तपाईंले छुटाउनुभयो कि?