कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने

सारांश

  • काठमाडौं।
  • विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपसँग लड्न सरकारले स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
  • सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरेको उच्चस्तरी समितिको सोमबार बसेको बैठकले आईसीयू बेड र आइसोलेटेड बेड व्यवस्थापनबारे निर्णय गरेको छ।

काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपसँग लड्न सरकारले स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरेको उच्चस्तरी समितिको सोमबार बसेको बैठकले आईसीयू बेड र आइसोलेटेड बेड व्यवस्थापनबारे निर्णय गरेको छ।

समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वयन गर्ने गरी राजधानीमा २२० वटा आईसीयू बेड तयारी अवस्था राख्ने निर्णय गरेको हो। समितिले काठमाडौं उपत्यकास्थित विभिन्न अस्पतालमा यस्ता बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।

समितिले टेकु अस्पतालमा २०, शसस्त्र प्रहरी अस्पतालमा २०, आयूर्वेद अस्पताल कीर्तिपुरमा २०, विर अस्पतालमा २०, नेपाली सेनाको अस्पतालमा २० र पाटन अस्पतालमा २० वटा आईसीयू बेड राख्ने निर्णय गरेको हो।

यस्तै सात वटै प्रदेशले विभिन्न प्रदेशमा गरी १०० वटा आईसीयू बेड तयारी अवस्थामा राख्नुपर्ने निर्णय गरेको छ। प्रदेशमा राखिने आईसीयू बेडको समन्वय पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ।

यस्तै उपत्याकामा १ हजार आइसोलेटेड वेड व्यवस्थापन गर्ने पनि उच्च स्तरीय समितिले निर्णय गरेको छ।

समितिले आयूर्वेद अस्पताल कीर्तिपुरमा २००, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा २२०, खानेपानी तालिम केन्द्रमा ६०, टेकु अस्पताल १००, पाटन अस्पताल ७०, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका अस्पतालहरुमा १०० र इचंगुनारायाणस्थित सैनिक ब्यारेकमा २५० आइसोलेटेड बेड व्यवस्थापन गर्ने निर्णय उच्चस्तरीय समितिले गरेको छ।

यस्तै समितिले प्रदेश सरकारले काठमाडौं उपत्यका बाहिर ६ स्थानमा जनशक्ति र आवश्यकताका आधारमा आइसोलेटेड वेड व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ। सरकारले कोरोनाको उपचारमा खटिने कर्मचारीलाई ७० प्रतिशतसम्म भत्ता दिने निर्णय पनि गरेको छ। यस्तै आवश्यक मेडिकल सामानाहरु पनि खरिद गर्ने निर्णय गरेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?