ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
३९ पटक हेरिएको
Shares
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी

सारांश

  • काठमाडौं, १९ मंसिर ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टाछुट्टै भेटेर सहमति निकाल्न खोजेपनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड टसमस भएका छैनन् ।
  • हिजो विहान भण्डारीले ओलीसँग र साँझ प्रचण्डसँग घन्टौैं कुराकानी गरिन् ।

काठमाडौं, १९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टाछुट्टै भेटेर सहमति निकाल्न खोजेपनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड टसमस भएका छैनन् । हिजो विहान भण्डारीले ओलीसँग र साँझ प्रचण्डसँग घन्टौैं कुराकानी गरिन् । उनले सहमतिको विकल्पबारे पनि छलफल गरेको बुझिएको छ । तर, दुवै नेता सहमतिमा पुग्न तयार भएनन् ।

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नत्याग्ने स्पष्ट पारेको बुझिएको छ । उनले झन आक्रामक तयारीहरु गर्न थालेका छन् । प्रचण्डले पनि पटक पटक सहमति गर्दा पनि उल्लंघन गरेकाले अब पार्टी बैठकबाट टुंगो लगाइने बताए । उनी पनि ओलीविरुद्ध आक्रामक तयारीमा लागेका छन् । अब भोलि बस्ने सचिवालय बैठकले थप कदम चाल्ने गरी प्रचण्ड अगाडि बढेका छन् ।

राष्ट्रपति भण्डारीले ओली र प्रचण्ड दुवैलाई राखेर कुराकानी गर्न खोजेको बुझिएको छ । तर, संवाद गर्न दुवैले चाहेका छैनन् । संवादको साटो दुवै नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका मात्र छैनन् पार्टीभित्र बोलेका गम्भीर विषयहरु पनि छरपष्ट पार्न थालेका छन् । जङ्गलमा दुई शेरको शैलीमा जर्बजस्ती साँढे दुई वर्ष नेकपाभित्र अध्यक्ष रहेर बस्न सकेका ओली र प्रचण्ड अन्तत वारपारको अवस्थामा पुग्ने गरी जुध्न थालेका छन् ।

बुधबार तय भएको सचिवालय बैठकमा ओली गएनन् । त्यसपछि २० मिनेट बसेर २० मसिरसम्म अल्टिमेटम दिने र बैठक डाकेर निर्णय लिने गरी सचिवालय सदस्यहरु उठे । हिजो बस्ने तय भएको स्थायी कमिटी बैठक पनि २१ गतेलाई सरेको छ । नेताहरुले आ आफ्नो तयारी गर्ने भएका छन् ।

ओली कुनै हालतमा बैठकमा नजाने र नगएमा प्रचण्ड पक्षले कठोर निर्णय लिने तयारी भएको छ । ओलीले मङ्गलबारको सचिवालय बैठकमा प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिइसकेका छन् । यसले दुवै अध्यक्ष वारपारको लडाईमा उत्रिएको स्पष्ट भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको छुट्टाछुट्टै आरोप प्रत्यारोपले भरिएको प्रतिवेदनमाथि छलफल अगाडि बढ्दा नयाँ परिस्थिति विकास भइसकेको छ । अब लिखित आरोप मौखिक हुँदै एक अर्कामाथि कारबाहीको निर्णयसम्म पुग्ने छाँटकाँँँट देखिएको छ । ओलीले प्रचण्डमाथि अध्यक्षबाट हटाएको निर्णय लिने तयारी गरेका छन् । प्रचण्डले पनि पार्टी कमिटीबाट ओलीलाई सरकारबाट फिर्ता बोलउने र अध्यक्षबाट पनि हटाउने तयारी गरेका छन् । अब मंसिर महिनाभित्र यस्तो निर्णय आएमा आश्चर्य नमाने हुन्छ । ओलीले प्रचण्डमाथि कारबाही गर्ने ठाडै भनिसकेका छन् । उनले विगतमा प्रचण्डमाथि युद्धअपराध गरेको, विदेशीको इशारामा गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई धोका दिएको जस्ता गम्भीर आरोप लगाएका छन् । यसरी ओली झन् कडा तयारीका साथ बढेका छन् ।

प्रचण्डले ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय पार्टी कमिटीको तहबाटै गरेर जाने तयारी गरेको छ । सबै कदमहरु विस्तारै चालिदैछन् । ओली समूहले पार्टी कमिटीलाई अन्तरिम भन्दै निर्णय नमान्ने भनिसकेको छ । ओलीले पनि त्यस्तो कमिटीको निर्णय अमान्य हुने सचिवालयको यसअघि बैठकमा स्पष्ट पारिसकेका छन् । उनले उल्टै प्रचण्डलाई कारबाहीको चेतावनी दिएका छन् । मङ्गलबारको बैठकमा ओलीको चेतावनी र प्रचण्डको मन्तव्य रोक्ने प्रयासका कारण चर्काचर्की परेको थियो । अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरु स्थायी र केन्द्रीय कमिटी बैठकसम्म प्रतिवेदनहरु लगेर टुंगो लगाउने पक्षमा छन् । तर, अध्यक्ष ओली अन्तरिमकालको कमिटी भएको भन्दै त्यसको निर्णय नमान्ने पक्षमा छन् । उनी पार्टी बैठक रोक्न प्रयासरत छन् । दुई अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुनुलाई ओलीलाई सामान्य मानेका छैनन् । उनी सहमतिका साथ एउटै प्रतिवेदन छलफलमा प्रस्तुत हुनुपर्ने जिकिर गर्दै आएका छन् । यसकारण ओली र प्रचण्डबीचको टकराव झन् फैलदै गएको छ ।

यसैगरी, प्रधानमन्त्री ओली मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भए । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी पनि दिए । ‘तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ?’ ओलीको प्रचण्डमाथि आक्रोशयुक्त भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ओली जङ्गबहादुरको शैलीमा प्रस्तुत हुनुभयो ।

ओलीले प्रचण्डलाई कारबाहीको चेतावनी दिएपछि प्रचण्ड पनि जङ्गिएका थिए । मन्तव्य दिंदादिदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, ‘तपाईं को हो ? मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने ?’ त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरुले बोलेर साम्य पार्नुपरेको थियो ।

ओलीले सत्ता छाड्न दबाब दिए संसद बिघटन, मध्यावधि घोषणा, संकटकाल लगाउने सम्मको तयारी गरेको चर्चा राजनीतिवृत्तमा छ । माधवकुमार नेपालले ओलीले यस्ता कदम चाल्न धम्की दिएको भन्दै कोही नडराउने टिप्पणी गरिसकेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको उल्लेख गर्दै कोही नतर्सने बताए । यसरी नेकपाभित्र नेताहरुले चाल्न लागेको सम्भावित रणनीतिबारे समेत आँकलन गर्दै आक्रामक र रक्षात्मक शैलीहरु देखिनथालेको छ । सहमतिको प्रयास भएपनि त्यो सम्भावना कमजोर बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी नियन्त्रणका लागि प्रभावकारी कानून निर्माण गर्न सुझाव
सहकारी ठगी नियन्त्रणका लागि प्रभावकारी कानून निर्माण गर्न सुझाव
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
पोषण सम्बेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
पोषण सम्बेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी
आज भदौ एक गते, कस्तो छ तपाईंको राशिफल?
आज भदौ एक गते, कस्तो छ तपाईंको राशिफल?
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी