आठ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २४, २०८१
|
|
२० पटक हेरिएको
Shares
आठ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’

सारांश

  • काठमाडौं।
  • चर्चित सांगितिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ।
  • अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधबीपछि मंगोलियन हार्टले हङकङको युन् लोङ थिएटरमा आगामी १५ सेप्टेम्बरमा वृहत कन्सर्ट गर्ने भएको हो।

काठमाडौं। चर्चित सांगितिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ। अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधबीपछि मंगोलियन हार्टले हङकङको युन् लोङ थिएटरमा आगामी १५ सेप्टेम्बरमा वृहत कन्सर्ट गर्ने भएको हो।

ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले हङकङमा ८ बर्षपछि फेरि कन्सर्ट गर्ने मौका जुरेकाले विशेष तयारी गरिरहेको बताए। ‘८ वर्षअघि हङकङमा कन्सर्ट गर्दा दर्शकको व्यापक प्रेम पाएका थियौं,’ लामाले भने, ‘फेरि त्यो प्रेमिल माहोलको मौका जुरेको छ। हामी विशेष तयारी गरिरहेका छौं। हङकङवासीलाई पुराना तथा नयाँ गीत गाएर मनोरञ्जन दिलाउन आतुर छौं।’

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्यान्डमा गायक राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला, आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन्।

कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोस पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ । सांगीतिक यात्राका लागि मंगोलियन हार्टको टिम आगामी आइतबार सेप्टेम्बर ११ मा हङकङ प्रस्थान गर्दैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११ बलिउड कलाकारका लुकेका प्रतिभा यस्ता छन् !
११ बलिउड कलाकारका लुकेका प्रतिभा यस्ता छन् !
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
वाम सरकारकै पालामा रेल ल्याउने प्रधानमन्त्री ओलीको सपना
वाम सरकारकै पालामा रेल ल्याउने प्रधानमन्त्री ओलीको सपना
नबिल बैंकले माग्यो ८९ जना कर्मचारी
नबिल बैंकले माग्यो ८९ जना कर्मचारी
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह
कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि थापाको दाबी पेश
कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि थापाको दाबी पेश
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?