नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार

सारांश

  • एजेन्सी ।
  • फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले ब्राजिली स्टार नेयमारका लागि दुई स्पेनिस क्लबले राखेको प्रस्ताव अस्विकार गरेको छ ।
  • नेयमार भित्राउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको हो ।

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले ब्राजिली स्टार नेयमारका लागि दुई स्पेनिस क्लबले राखेको प्रस्ताव अस्विकार गरेको छ । नेयमार भित्राउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको हो ।

नेयमारका लागि पुर्व क्लब बार्सिलोनाले सय मिलियन युरोसंगै फिलिप कौटिन्होलाई प्रस्तावमा राखेको थियो । यस्तै इभान राकिटिकलाई समेत नेयमारको बिषयमा सम्झौता गर्न सकिने बताएको थियो । यता रियल मड्रिडले ग्यारेथ वेल र जेम्स रोड्रिग्वेजसंगै बाँकी मुल्य नेयमारका लागि तिर्न सकिने प्रस्ताव राखेको थियो ।

पीएसजीले भिनिसियस जुनियरको बिषयमा रियलसंग प्रश्न गरेको थियो । तर रियलले नेयमार ल्याउने बिषयमा भिनिसियसको नाम समावेश गरेन । दुवै क्लबको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको छ । तर पीएसजी नेयमारलाई रियलमा बेच्न चाहेको छ ।

नेयमार क्लब फुटबलको सर्वाधिक महङ्गो खेलाडीको रुपमा गत सन् २०१७ मा पीएसजी गएका थिए । उनले पछिल्ला दुई सिजन ३४ गोल गरेका थिए । तर उनी पछिल्लो एक सिजन चोटका कारण धेरै समय मैदान बाहिर रहे । नयाँ सिजनको पहिलो खेलमा पीएसजीका प्रशंसकले नेयमारको विरुद्वमा नाराबाजी गरेका थिए । उनीहरुले क्लब छाडेर जान नेयमारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
अवैध लागुऔषधसहित एक जना पक्राउ !
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
काशीमा सुरूङमा फसेकाको उद्दारको अन्तिम चरणमा ड्रिलिङ गर्ने औगर मेसिन बिग्रियो
काशीमा सुरूङमा फसेकाको उद्दारको अन्तिम चरणमा ड्रिलिङ गर्ने औगर मेसिन बिग्रियो
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
माघ १७ गते शुक्रबारको राशिफल यस्तो छ
माघ १७ गते शुक्रबारको राशिफल यस्तो छ
दिल्लीका नौ ठाउँमा हमलाको चेतावनी
दिल्लीका नौ ठाउँमा हमलाको चेतावनी

तपाईंले छुटाउनुभयो कि?