अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य

सारांश

  • काठमाडौं।
  • अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ।
  • कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका थिए।

काठमाडौं। अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ।

कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका थिए। उनी लडेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ उठाउन पुगेका थिए । तर, उनी अचेत भइसकेका थिए।

सोही समयमा नेपालले कुवेतसँग दोस्रो गोल खान पुगेको थियो । खेलको ४८औं मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड्न पुगेका थिए । सोही मुमेन्टमा कुवेतले दोस्रो गोल गरेको थियो । गोललगत्तै खेल करिब ४ मिनेट रोकिएको थियो । यसपछि प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको हो ।

हाल उनको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताएका छन् । एक दिन अस्पताल राखेर सामान्य चेकजाचपछि होटल फर्काइने बताइएको छ ।

मुटुमा समस्या रहेका अब्दुल्लाह केही दिनदेखि आफ्नो स्वास्थ ठिक नभएको बताउँदै आएका थिए ।

दोस्रो खेलमा नेपाल ४–१ अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम खेल नेपालले ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । सो खेलमा भने प्रशिक्षक अब्दुल्लाह टेक्निकल एरियामा बस्न पाउँदैनन् । दुई खेलमा लगातार पहुँलो कार्ड प्राप्त गरेका कारण उनी निलम्बनमा हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?