अमेरिकी सांसदले भेटे प्रधानमन्त्री देउवालाई
सारांश
- नेपाल भ्रमणमा अमेरिकी सांसदहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ ।
- आज बालुवाटारमा भएको भेटमा दुई देशको सम्बन्ध सुदृढीकरण, मौसम परिवर्तनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
- हिजो नेपाल आइपुगेको टोलीले आजबाट राजनीतिक भेट सुरु गरेको हो ।
नेपाल भ्रमणमा अमेरिकी सांसदहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । आज बालुवाटारमा भएको भेटमा दुई देशको सम्बन्ध सुदृढीकरण, मौसम परिवर्तनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हिजो नेपाल आइपुगेको टोलीले आजबाट राजनीतिक भेट सुरु गरेको हो । अमेरिकी सांसद किरस्टिन गिलिब्रान्डको नेतृत्वको टोलीमा सिनेटरहरु सेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधि मोनडेरी जोन्स रहेको अमेरिकी राजदूतावासले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया