न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश

सारांश

  • काठमाडौं।
  •   नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन्।
  • राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए।
काठमाडौं।  नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए।
“नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो”, उनले भने, “अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पुर्याउन प्रयत्न गर्नेछु, न्यायिक सुधार अनिवार्य सर्त हो, त्यसको विकल्प छैन, आन्तरिक रुपमा पनि कटिबद्ध र प्रतिबद्ध छौं, न्यायपालिकाको साख र विश्वसनीयता अझै बढाउन लाग्नेछु।”
नेपालको न्यायालयको ३२औं प्रधानन्यायाधीशका रुपमा राउतले करिब १८ महिना न्यायालयको नेतृत्व गर्नेछन्। प्रधानन्यायाधीश राउत २०८२ चैत १८ गते उमेर हदका कारण सेवाबाट अवकाश पाउनेछन्। उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए।
विसं २०१७ चैत १८ गते उदयपुरमा जन्मिएका प्रधानन्यायाधीश राउतले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन्। उनले २०३९ सालदेखि २०७२ सालसम्म ३३ वर्ष कानुन व्यवसायीका रुपमा काम गरेका थिए। कानुन व्यवसायीका रुपमा काम गर्दा उनी नेपाल बार एसोसिएसनको अध्यक्षसमेत भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइपिएलमा आज कोलकोता र पञ्जाव खेल्दै
आइपिएलमा आज कोलकोता र पञ्जाव खेल्दै
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
न्यायपरिषद् सदस्यको राजीनामा
न्यायपरिषद् सदस्यको राजीनामा
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
स्वरोजगार बनाउन युवालाई बिनाधितो ऋण
स्वरोजगार बनाउन युवालाई बिनाधितो ऋण
आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा
आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा

तपाईंले छुटाउनुभयो कि?