कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा
सारांश
- रत्ननगर, चितवन, १७ जेठ ।
- गृहमन्त्री रामबहादुर थापाले ‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने, ठेकेदारकाे फाेटाे खिचेर सार्बजनिक गर्न माग गरेका छन ।
- नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई बिहिवार चितवनको सौराहामा सम्बोधन गर्दै थापाले भने यी प्रतिगामीहरु सामन्त वर्ग होइन, दलाल हुन् ।
रत्ननगर, चितवन, १७ जेठ । गृहमन्त्री रामबहादुर थापाले ‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने, ठेकेदारकाे फाेटाे खिचेर सार्बजनिक गर्न माग गरेका छन ।
नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई बिहिवार चितवनको सौराहामा सम्बोधन गर्दै थापाले भने यी प्रतिगामीहरु सामन्त वर्ग होइन, दलाल हुन् । यस्ता ठेकेदार तस्करहरु हुन्, देशको समृद्धिको बाधक हुन् । यिनी खलनायकहरुको फोटो सार्वजनिक गर्नुस् ।’
उहाँले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे ।
“भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न संघ संस्था या विभिन्न व्यावसायिक क्षेत्रका हुन्”
गृहमन्त्री थापाले भने ।
लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजिपति, राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उहाँले फोटो पत्रकारलाई ध्यानाकर्षण गराउनुभयो ।
देशको विकासका लागि यो एउटा आन्दोलन भएको भन्दै उहाँले श्रम नै नगरी कालो अर्थतन्त्र भित्र्याउने पुँजीपति विरुद्ध क्रियाशील हुन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।
विकासका मुख्य बाधक
विकास विरोधी ठेकेदारको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उहाँले राम्रा काम गर्ने ठेकेदारलाई भने अगाडि बढाउनु जरुरी रहेको औंल्याउनुभयो । नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवादी होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै भएको गृहमन्त्री थापाले ठोकुवा गर्नुभयो । उहाँले तिनीहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गर्नुभयो ।
पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा गृहमन्त्री थापाको जोड थियो । पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गर्नुभयो । पत्रकारले आर्थिक विकासतर्फ ध्यान दिनुपर्ने भन्दै पाण्डेले लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका निमित्त फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । समृद्धिको योजना बनाइरहँदा सरकारले मिडियाको भूमिकाको विषयमा समेत नीतिगत निर्णय गर्न जरुरी रहेको पोखरेलको भनाइ थियो ।
महासंघका उपाध्यक्ष दिलीप थापा मगरले फोटो खिच्न जाँदा राज्यले रोक लगाउने गरेको प्रसंग कोट्याउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भेलाले आजै फोटो पत्रकारको विषयमा सौराहा घोषणापत्र सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिनुभयो । महासंघको ५२ जिल्ला शाखामध्ये भेलामा अधिकांश शाखाका फोटो पत्रकार र प्रतिनिधि सहभागी छन् ।
Bishnu Sitaula
सहि कदम..!
Prashanta Silawal
सबैलाई संरक्षण गर्ने शिर्ष दलका शिर्ष कहलाएका नेता छन्,
लहरो तान्दा पहरो खस्छ हजुर ।
Bishnu Acharya
yaha manxe ko mullya xina bato ko k kura garnu
Omprakash Malla
Keep it up
Dinesh Man Lama
Karmachari ko milomatoma thekka liyeko hun6 karmachari r thekedar dubailai karbahi hunu par6
Hima Parsai
तोरि डन हो कि के हो