रुकुम पश्चिममा बस दुर्घटना, नौ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०८१
|
|
३० पटक हेरिएको
Shares
रुकुम पश्चिममा बस दुर्घटना, नौ जना घाइते

सारांश

  • रुकुम पश्चिम।
  • रुकुम पश्चिमको आठविसकोट नगरपालिका -११, रिठास्थित भेरी करिडोरमा आज भएको बस दुर्घटनामा नौ जना घाइते भएका छन्।
  • काठमाडौंबाट राडीतर्फ आउँदै गरेको प्र.

रुकुम पश्चिम। रुकुम पश्चिमको आठविसकोट नगरपालिका -११, रिठास्थित भेरी करिडोरमा आज भएको बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट राडीतर्फ आउँदै गरेको प्र.०१००५ ख ९९६६ नम्बरको बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोखरेलका अनुसार घाइते हुनेमा धादिङ खाग्री गाउँपालिका-१, बस्ने ३१ वर्षीय खड्क बहादुर तामाङ, सोही गाउँपालिकाका २८ वर्षीय भीम बहादुर भुलन, भीमेश्वर नगरपालिका -७, दोलखाका २६ वर्षीय प्रकाश मगराठी रहेका छन्।

त्यस्तै आठबिस्कोट नगरपालिका -९, का ३१ वर्षीय प्रकाश गौतम, नलगाड नगरपालिका -८ का भिम कुमारी चँदारा, सोही वडाका वर्ष १० को मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका ५ बस्ने बर्ष २८ को आकाश काफ्ले, आठविसकोट नगरपालिका ११, का १७ वर्षीय गणेश रसाइली र जाजरकोट नलगाड नगरपालिका -१२ बस्ने बर्ष २५ कि सङ कुमारी बिक रहेका छन्।

दुर्घटना लगत्तै घाइते सबैजनालाई उद्धार गरेर नगर अस्पताल आठबिसकोटमा पठाइएको प्रहरीले बताएको छ। दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा सरकारको ’नैतिकता’ खोज्दै देउवा, प्रधानमन्त्रीको ’राजीनामा’ माग्दै बाबुराम
संसदमा सरकारको ’नैतिकता’ खोज्दै देउवा, प्रधानमन्त्रीको ’राजीनामा’ माग्दै बाबुराम
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो  सुविधा
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो सुविधा
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
हुम्लामा वाम गठबन्धन धरापमा
हुम्लामा वाम गठबन्धन धरापमा
प्रचण्डले मागे राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा
प्रचण्डले मागे राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा
सागको अन्तिम दिन ५ खेल हुँदै, कुन खेल कहाँ?
सागको अन्तिम दिन ५ खेल हुँदै, कुन खेल कहाँ?
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
उपेन्द्र यादवले सरकार नछोड्ने भएपछि पार्टीभित्र भाँडभैलो
उपेन्द्र यादवले सरकार नछोड्ने भएपछि पार्टीभित्र भाँडभैलो

तपाईंले छुटाउनुभयो कि?