जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
सारांश
- सन् १९८६ को विश्वकप अर्जेन्टिनाले जित्दा नायक थिए डिएगो म्याराडोना।
- त्यही सफलताले उनलाई महान् खेलाडी बनायो।
- उनी प्रतियोगितकै सर्बोत्कृष्ट खेलाडी पनि भएका थिए।
सन् १९८६ को विश्वकप अर्जेन्टिनाले जित्दा नायक थिए डिएगो म्याराडोना। त्यही सफलताले उनलाई महान् खेलाडी बनायो। उनी प्रतियोगितकै सर्बोत्कृष्ट खेलाडी पनि भएका थिए। लगत्तै सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनल पुगेको थियो र उपाधि जित्न सकेन।
म्याराडोना र अर्जेन्टिनाले जितेको उक्त उपाधिका कारण हरेक विश्वकपको पुर्वसन्ध्यादेखि अर्जेन्टिनाको चर्चा हुन्छ। म्याराडोनायता अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सकेको छैन। सन् २०१० मा म्याराडोना आफै प्रशिक्षक थिए तर अर्जेन्टिना क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन।
चार वर्षअघि ब्राजिलमा सम्पन्न पछिल्लो विश्वकपमा अर्जेन्टिना फाइनल पुग्यो तर उपाधि जित्न असफल भयो। समकालिन फुटबलमा महान् खेलाडी लियोनल मेसीले अर्जेन्टिनाका लागि उपाधि जित्न नसकेकोमा उनको कमजोरी औंल्याउँने गरिएको छ।
पाँच पटक फिफा वर्ष खेलाडी अवार्ड र क्लबस्तरमा सबै सफलता हात पारिसकेका मेसीकै प्रेरणामा अर्जेन्टिना अघिल्लो विश्वकपमा फाइनल पुगेको थियो।
जारी विश्वकपमा मेसी र अर्जेन्टिना टोलीमात्र रुस गएका छैनन्, म्याराडोनाले पनि दर्शक दिर्घामा बसेर अर्जेन्टिनाको हौसला बढाइरहेका छन्। मेसीको यो सम्भावित अन्तिम विश्वकप भएकाले पनि म्याराडोनाले मेसीको हौसला बढाइरहेका छन्।
तर उनको हौसला परिणाममुखी हुन सकेको छैन। पहिलो खेलमा आईसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना समूहगत चरणको दोस्रो खेलमा बिहीबार राती क्रोएसियासँग ३-० गोलले पराजित भएपछि पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ।
बिहीबार क्रोएसियाविरुद्धको खेलमा मेसीको जर्सी बोकेर खेल हेरिरहेका म्याराडोना टोलीको कमजोर प्रदर्शन र असफलता तथा क्रोएसियाको लगातारको गोलका कारण निकै निराश देखिए। म्याराडोना स्तब्ध भए। 

प्रतिक्रिया