डा. केसीलाई आमरण अनशन तोड्न सरकारको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
डा. केसीलाई आमरण अनशन तोड्न सरकारको आग्रह

सारांश

  • श्रावण २०, २०७४ चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औ पटक सत्याग्रहमा रहेका प्राध्यापक डा गोबिन्द केसीलाई आमरण अनसन तोड्न सरकारले आग्रह गरेको छ ।
  • चिकित्सा शिक्षा विधेयक संसदमा छलफलको क्रममा रहेको भन्दै सरकारले डा केसीको माग अनुसार माथेमा आयोगको प्रतिवेदन प्रतिकुल नहुने गरि विधेयक पारित गर्ने आश्वासन दिएको छ ।
  • सरकारी वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेताहरु सहितको बैठकले डा केसीलाई आमरण अनसन तोड्न आग्रह गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

श्रावण २०, २०७४ चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औ पटक सत्याग्रहमा रहेका प्राध्यापक डा गोबिन्द केसीलाई आमरण अनसन तोड्न सरकारले आग्रह गरेको छ । चिकित्सा शिक्षा विधेयक संसदमा छलफलको क्रममा रहेको भन्दै सरकारले डा केसीको माग अनुसार माथेमा आयोगको प्रतिवेदन प्रतिकुल नहुने गरि विधेयक पारित गर्ने आश्वासन दिएको छ ।

सरकारी वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेताहरु सहितको बैठकले डा केसीलाई आमरण अनसन तोड्न आग्रह गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।  माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै डा. केसीका प्रतिनिधिले वार्तामा नबस्ने अडान लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले समस्या समाधानका लागि प्रमुख दलका शीर्ष नेता सहित सरोकारवाला निकायको संयुक्त बैठक बोलाउनुभएको थियो ।

बैठकमा सहभागि दलका शीर्ष नेताहरुले चिकित्सा शिक्षा विधेयक संसदमा छलफलको क्रममा रहेको भन्दै एक ब्यक्तिले अनसन बसेर सार्वभौम संसदलाई चुनौती दिन नमिल्ने धारणा राखेका थिए । शिक्षा सचिव श्रेष्ठका अनुसार बैठकले सार्वभौम संसदलाई एक ब्यक्तिले अनसन बसेर चुनौती दिन नमिल्ने निष्कर्ष समेत निकालेको छ ।  चिकित्सा शिक्षा ऐन पारितको माग गर्दै ११ औ पटक आमरण अनसनमा बसेका डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

जारी अनसन १२ आंै पुग्दापनि सरकारी पक्षसँग ठोस सहमतिको संकेत देखिएको छैन । केसीको शरिरमा पानी र ग्लोकुजको मात्रा घट्दै गएको, तथा रिंगटा लाग्ने, छाती दुख्ने लगायतका समस्या देखिएको निगरानी गरिरहेका चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
बक्सिङ्ग रियालिटी शो हुने भयो
बक्सिङ्ग रियालिटी शो हुने भयो
नेपाली भूमि चीनबिरुद्ध प्रयोग हुँदैनः प्रचण्ड
नेपाली भूमि चीनबिरुद्ध प्रयोग हुँदैनः प्रचण्ड
चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन
चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए !
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए !
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा
काठमाडौंमा दिउसै लुटियो २ लाख रुपैयाँ
काठमाडौंमा दिउसै लुटियो २ लाख रुपैयाँ

तपाईंले छुटाउनुभयो कि?